• असगर अली नामै काफी छ । नेपाली आईटीमा । उनीको पहुँच कहाँसम्म छ । त्यो समयले देखाउदै आएको छ । इ–सेवाको नाममा सबै जस्तो सरकारी कार्यालयको बिल भुक्तानी गर्र्ने महंगो व्यापार हात पारेका असगर अली अब चाही फस्ने पक्का पक्की भएको छ ।

    सयौं बैंक र वित्तिय संस्थाले इ–सेवाका सीइओ अलीको यस्तो हर्कत देखेपछि आफूहरुको सम्बन्ध तोड्ने तयारी समेत गरेको खुलेको छ ।
    हेरौ कथा मिठो छ ।

    अनलाइन पत्रिका काठमान्डु प्रेस डटकममा प्रकाशित समाचार इसेवा सञ्चालक कम्पनी एफवान सफ्ट इन्टरनेसनलले ह्याक गरी हटाएको घटना सार्वजनिक भएसँगै इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे आम चिन्ता बढेको देखिन्छ ।

    गत बुधबार उक्त अनलाइनमा प्रकाशित एक समाचार प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका एफवान सफ्ट इन्टरनेसनलका मालिक असगर अलीले न्युज पोर्टल नै नियन्त्रणमा लिई हटाएको खबर सार्वजनिक भएसँगै आम ग्राहकमा इसेवाले सञ्चालन गरेको डिजिटल वालेटमा रहेका डाटाको सुरक्षाबारे चिन्तित छन् । आफूप्रति आलोचनात्मक समाचार अलीले तत्कालै हटाएका हुन् ।

    इसेवाका २५ लाखभन्दा बढी ग्राहकले डिजिटल वालेटमा अर्बौं रुपैयाँ जम्मा गरेका छन् । यसरी सार्वजनिक सम्पतिको जिम्मा लिएको कम्पनीले यस्तो अनधिकृत काम गरेपछि आम ग्राहक चिन्तित भएका हुन् । फोन पेको गेट वे पनि सोहि कम्पनीसँग हुँदा ग्राहक चिन्तित बनेका हुन् । उनको कम्पनीले नेपालका धेरै बैंक तथा वित्तिय संस्थाको मोबाइल एप समेत बनाएको छ । अब ती सबैले सम्बन्ध अन्त्य गर्ने देखिन्छ ।

    समाचार भाइरल भएको एक दिनपछि अनलाइन पोर्टलको डेभलपर रहेको सिरान टेक्नोलोजिज प्रालिले उक्त समाचर वेबसाइटबाटै सुटुक्क हटाएको थियो ।

    इसेवा र सिरान टेक्नोलोजी दुवै कम्पनी एफवान सफ्ट इन्टरनेसनलका भगिनी कम्पनी हुन् । एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकाल र अलिको दबाबमा समाचार हटाइएको बताए ।

    इसेवाले आफ्नो डिजिटल वालेटमा आम जनसमुदायको अर्बौं रुपैयाँ परिचालन त गरेकै छ, साथै यो इसेवाको अभिभावक कम्पनीका रूपमा रहेको एफवान सफ्ट इन्टरनेसनल विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारमा सहजीकरण गर्ने भेन्डर कम्पनी पनि हो ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा शाखाबाट हालै निवृत्त एक अधिकारीका अनुसार प्रधानमन्त्रीका आइटी सल्लाहकारसमेत रहेका अलिसँग सम्बन्धित फर्मले धेरै बैंक र वित्तीय संस्थाका सफ्टवेयर र बेवसाइट र अन्य सेवा विकासमा महत्वपूर्ण भूमिका खेलिरेहको छ। यसले गर्दा यो विवादास्पद कदमले उनीहरू अरू अनैतिक काममा पनि संलग्न भएको हुन सक्ने देखिएको दाबी गरे ।

    यतिबेला २५ लाख ग्राहकको जिम्मा लिएको इ–सेवालाई सामाजिक सञ्जालमा पनि इसेवाप्रति आम नागरिकको आक्रोश देखिएको छ । कतिपयले त इसेवाको एप्लिकेसनलाई आफ्नो मोबाइल फोनबाट हटाउने समेत बताएको लेखेका छन् । म लेखकले आजैबाट इ–सेपाको कारोबार बन्द गर्ने घोषणा गरेको छु । ‘यो समाचार सार्वजनिक भएपछि मैले ३ वर्षदेखिको इसेवासँगको नाता तोडेको छु’, सन्जय भण्डारीले आफ्ना ट्टिरमा लेखेका छन्।

    अली बिरुद्ध अख्तियारमा उजुरी दर्ता
    सल्लाहकार अली जोडिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया र त्यसमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । अख्तियारले विस्तृत छानबिन गर्ला । सँगसँगै अनलाइनको समाचार डिलिट गरेको विषय समेत छुट्टै काण्डको रुपमा अगाडि आएको छ । नेपाली पत्रकारिता इतिहासमा यो आश्चर्यजनक र गैरव्यावसायिक कार्यको रुपमा अगाडि आएको छ ।

    अलीको कम्पनीले गैरव्यावसायिक कर्तुत गरेपछि उनकै संलग्नतामा सञ्चालनमा रहेको अनलाइन भुक्तानी प्रणाली ई–सेवाको विश्वसनीयतामा समेत प्रश्न उठ्न थालेको छ । ई–सेवाको सेवा लिँदा व्यक्तिगत विवरण र आर्थिक कारोबारको अवस्था पेश गर्नुपर्ने भएकाले त्यसको दुरुपयोग अलीको कम्पनीले गर्नसक्ने आशंका सर्वसाधारणले गर्न थालेका छन् । सामाजिक सञ्जालतिर अलीको कम्पनी ई–सेवालाई धक्का लागेको छ । कतिपयले ई–सेवाको एप ‘अनस्टल’ गर्न थालेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईटी विज्ञको रुपमा कार्यरत पेमेन्ट गेटवेको काम गर्दै आएको ई–सेवा कम्पनीका सीईओ समेत रहेका असगर अलीविरुद्ध तत्काल कारबाहीको माग गर्दै सवै निकायमा उजुरी परेपनि उनीमाथी कुनै छानविन नहुदाँ सिहदरबारभित्र बसेर अबैधधन्धा चलाउदै आएको जानकारहरुको ठम्याई छ ।

    काठमाडौंका जनकराज शर्माले उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै उजुरी पत्र दर्ता गराएका छन् । राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीको दर्ता नम्बर १०५, अख्तियारमा परेको उजुरीको २३५७ र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीको दर्ता नम्बर २०७३ रहेको उक्त उजुरीमाथी ति कार्यालयबाट कुनै चासो समेत देखाएको भेटिएको देखिन्छ । के उनी यो देशको राजा हुन् । किन छानवीन हुँदैन । यसको उत्तर प्रधानमन्त्रीले अब दिनु पर्दछ ।

    न्युज पोर्टल ह्याक गरेको अलीको कम्पनीद्वारा स्वीकार
    काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेका थिए ।

    के भन्दछ राष्ट्र बैंक
    राष्ट्र बैंकका प्रवक्ता गुणकट भट्टले भनेः– नेपाल राष्ट्र बैंकले ‘पेमेन्ट सिस्टम’लाई चुस्त–दुरुस्त र सुरक्षित बनाउन नीतिगत, कानुनी र संरचनागत विकास गरिरहेकै छ । हामीले बैंकहरूलाई आइटीमा लगानी बढाउन, आइटीको अडिट गर्न, आइटी बलियो बनाउन बारम्बार निर्देशन दिँदै आएका छौँ । उनीले थपे । हामी ग्राहकको गोपनीयता सुरक्षाप्रति गम्भीर छौँ । एफवान सफ्टका विषयमा अहिलेसम्म कुनै गुनासो आएको छैन । उजुरी आएमा हामी अनुसन्धान अघि बढाउँछौँ ।

    इ–सेवामा जोडिएका बैंक र वित्तिय संस्थाहरु कति कति ?
    कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सिभिल बैंक, मेगा बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनसिसी बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, एक्सेल डेललपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, किसान बहुउद्देश्यीय सहकारी संस्था, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ िवकास बैंक, नवकान्तिपुर सहकारी, नेपाल बहुउद्देश्यीय सहकारी, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सिर्जना फाइनान्स, स्टार सेभिङ एन्ड क्रेडिट कोआपरेटिभ, तिनाउ मिसन डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स रहेका देखिन्छ ।

    एक बैंकका सीइओले भनेः– अब यस्तै जस्तो भए हामी सम्बन्ध तोड्ने निर्णयमा जाने छौं । अरु कम्पनीसंग सहकार्य गर्ने बारे छलफल समेत शुरु गरेको एक बैंकरले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…