• कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको संकटपूर्ण बेलामा मध्यावधि निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो र पार्टीको धारणा नभएको प्रस्ट्याएका छन् । शनिबार एक टेलिभिजन अन्तर्वार्तामा बोलेको विषयलाई तोडमोड गरेर बाहिर ल्याएको भन्दै महतले आइतबार विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् ।

    ‘एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा मैले बोलेको प्रसंगलाई तोडमोड गरी एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पुरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानआकर्षण भएको छ,’ महतले विज्ञप्तिमा भनेका छन्।

    उक्त अन्तर्वार्ताको मूल आशय सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमितामा लिप्त भएको भन्ने उल्लेख रहेको महतले बताएका छन्।

    ‘अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउँछन् भन्ने विषयमा आफूले गरेको विश्लेषणलाई बग्यांएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दु:ख लागेको छ,’ महतले भनेका छन। उनले अहिलेको संक्रमणबाट चाँडै मुक्ति पाउन पार्टी पंक्ति क्रियाशील रहेको उल्लेख गरेका छन्।कान्तिपुर वाट

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…