रतुवामाई । रतुवामाई नगरपालीकाले कोभिड–१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम विपद् कोषमा निजी तथा आवासीय विद्यालयहरुको सङ्गठन रतुवामाई प्याब्सन / ISO का १७ ओटा विद्यालयहरू बाट एकमुष्ट रुपमा रु.६५,५५५/- (पैंसठी हजार पाँचसय पचपन्न ) सहयोग गरेको छ ।
"मानवताको सेवा जीवनको सर्बोतमकार्य हो" भन्ने कुरालाई आत्मासाथ गर्दै, शिक्षा सँगसगै सामाजिक उत्तरदावित्वमा पनि सधै अघि रहेको छ भन्दै सहयोग गरिएको रतुवामाई प्याब्सन अध्यक्ष विश्वास ढकालले जानकारी दिनभयो ।
सहयोग प्राप्त भएपछि रतुवामाईक मेयर रबिन राईले भन्नुभयो, विपदको घडीमा यँहाहरुले गर्नुभएको यो अमुल्य सहयोगको उच्च मूल्यांकन गर्दै धन्यवाद ब्यक्त गर्न चाहान्छौ ।