रोसन भट्टराई
बुद्धशान्ति । अन्य विभिन्न गाउँपालिका तथा नगरपालिकामा नभइरहेको विभिन्न सकारात्मक योजनाबद्ध काम गरेर चर्चामा रहेका बुद्धशान्ति गाउँपालिकाकाले चिया श्रमिकको पक्षमा खुलेर उभिएपछि गाउँपालिकाको सकारात्मक चर्चाले फेरी एकपटक शिखर चुमेको छ ।
विश्वभर कोरोना भाइरसको त्रास भइरहेको बेला त्यसको संक्रमणलाई रोक्न नेपाल सरकारले चैत्र ११ गते देखि गरेको लकडाउनका कारण बगानममै हुर्कन थालेको ‘फस्ट फ्लस’ (चियाको पहिलो टिपाई) चियाको टिपाई हुन नसकिरहेको अवस्थामा प्रदेश –१ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको तर चिया निगमका सरोकारवालाहरुले गाउँपालिका संग समन्वय नगरी वर्ने चिया कमानले चिया मजदुरहरुलाई शनिबार काम लगाउन खोज्दा बुद्धशान्ति गाउँपालिका अध्यक्ष लगायतको टिमले सो कार्यलाई रोकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको थियो । उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै स्थानीय तहमा कृषि लगायतका उद्योगहरु धमाधम खुल्न थालेपछि स्थानीय सरकारलाई व्यवस्थापनमा समस्या परेको हो । सरकारको निर्णय संगै झापामा चियावगान सञ्चालकले मजदुरलाई काममा फर्कन निर्देशन दिएपछि समस्या जटिल भएको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले सरकारको दोहोरो चरित्रका कारण स्थानीय तहमा व्यवस्थापन गर्न समस्या भएको गुनासो गर्दै आफ्नो गाउँपालिका भित्रका सबै चिया बगानका कर्मचारीहरुलाई काम गर्न नजानु भनेका छन् ।
उनले भने “ मोबाईलमा घर भित्रै बस्नु भनेर बारम्बार सन्देश पठाउने , टेलिफोनको रिङ टोनमा घर भित्रै बस्नु भनेर भन्ने अनि उद्योगहरु सञ्चालनको व्यवस्था मिलाउने भनेर स्थानीय निकायलाई भन्ने ? ”
त्रिवेणी गु्रप झापाले बर्ने चिया बगानका मदजुरलाई काममा लगाएपछि बगान स्थलमै पुगेका उनले कयौ सरकारी कर्मचारीलाई घरमै बसाएर तलब दिने सरकारले श्रमिकलाई दिन नसक्ने भए आफूहरुले नै व्यवस्था गर्ने चुनौति दिए ।
उनले भने “श्रमिकलाई भेडाबाख्रा सम्झने रु टेलिफोनमा घरैमा बस्नु भन्छ । घरैमा बस्नु भन्छ अनि यतातिर श्रमिकलाई ल्याएर काम लगाउने । तपाईहरुलाई भेडाबाख्रा सम्झेको सरकारले रु गरिब दुखी मान्छे होइन रुउनीहरुलाई रोग लाग्दैन रुत्यो पनि विषाधी छर्ने लगाईरहेको छ । श्रमिकलाई घरमा बसी बसी राख्न सरकारले सक्त्तैन भने, सरकारले हात झिक्यो भने गाउपालिकाकाले खुवाउँछ । अमेरिकाले चाईनाले थाम्न नसकेको बेला श्रमिकलाई जोखिममा काम लगाउने रु”
चियाबगानले कि काममा आउन कि राजीनामा दिन दबाब दिदै जबरजस्ती मजदुरलाई हस्ताक्षर गराउदै काम लगाएको छ । चिया बगानका प्रबन्धक नितेश कुमार जैसवालले सरकारले उद्योग खोल्ने निर्णय गरेकाले माथिल्लो निकायको समन्वयमा आफुहरुले गाउँपालिकालाई पत्र दिएर काम सुरु गरेको तर कुनै पनि मजदुरलाई जबरजस्ती काममा नलगाएको दाबी गरे ।
तर बुद्धशान्ति गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद चापागाईले भने तत्काल बगान खोल्न मिल्दैन भनेर जवाफ दिए पनि बगानले जबरस्ती मजदुरलाई बोलाई काममा लगाएको बताए ।
उनले भने “स्थानीय तहले मापदण्ड बनाई कोरोना भाइरस नसर्ने नफैलने कुराको ग्यारेन्टी मापदण्ड बनाई आवश्यकता बनाई आवश्यकता भएमा निर्णय गरेर काम सुरु गर्नुपर्छ । अहिले काम सुरु गर्न मिल्दैन भनेर मैले आधिकारीक ढंगले जवाफ दिएको हो ।”
बगान सञ्चालकले सुरक्षाको प्रबन्ध मिलाएको बताएपनि मजदुरसंग मास्क बाहेक अन्य सुरक्षाका सामाग्री छैनन् । तर बगानमा काम गर्ने मजदुरका नेताहरु भने न त मजदुरको सुरक्षाका बारेमा बोल्न सकेका छन् न त उनीहरुले पाउने पारिश्रमिकको बारेमा नै ।
चिया टिप्ने मजदुरलाई दैनिक प्रतिव्यक्ति ३ सय ८५ रुपैया ज्याला दिने गरेको बगानले कतिपय मजदुरलाई पुस यताको पारिश्रमिक अझै उपलब्ध गराएको छैन ।
कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्ने वातावरण मिलाउनुको साथै हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह् कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय गरेको छ ।