काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ ।
नेपाली पत्रकारहरूका प्रश्नहरू लिखित जवाफ दिदै उहाँले सो कुरा बताउनु भएको हो । जवाफमा उहाँले यस विषयमा दुई देशका सरकार सम्पर्कमा रही रहेको पनि स्पष्ट पार्नु भएको छ ।
 
नेपालमा कोरोनासँग जुद्धन चीनले के सहयोग गर्छ ? भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीन कोरोना विरुद्धको लडाइँका क्रममा निकै अफ्ठयारो अबस्थामा रहेका बेला सबै नेपालीले चीनप्रति देखाएको समर्थन र सहयोगलाई चीनले कहिले नभुल्ने बताउनु हुँदै अहिले केही स्थानीय सरकारहरू र नागरिक समाजले नेपाललाई आवश्यक बस्तुहरू सक्रिया रुपमा संकलन कार्य गरी रहेको पनि स्पष्ट पार्नु भएको छ ।
अहिले चीनमा कोरोना संक्रमणको अबस्था कस्तो छ ? भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीनको कोरोना विरुद्धको लडाइँ अझै नसकिएको र कतिपय बाहिरबाट आउन सक्ने संक्रमणका घटनालाई कसरी रोक्ने भन्ने विषयमा चीन निकै दवाबमा रहेको पनि स्पष्ट गर्नुभयो ।
 
पत्रकारहरूले नेपाल सरकारले चीनबाट किनेका कोरोना विरुद्धका सबै सामाग्री सरकारी च्यानलबाट सिफारिस गरिएका थिए र ती सबै गुणस्तरीय थिए त ? भन्ने प्रश्नको जवाफमा उहाँले विश्वमा चिकित्सा सामाग्रीको फरक स्टयाण्डर रहनु सामान्य कुरा रहेको उल्लेख गर्दै चीनले निर्यातमूलक गुणस्तर नियन्त्रणलाई उच्च प्राथमिकता दिने गरेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका गुणस्तर नभएका सामान निर्यात गर्न नदिने गरेको बताउनुभयो ।
साथै नेपालले चीनबाट केही दिन अघि ल्याएका चिकित्सा सामान चीन सरकारको सिफारिस गरेको थियो त भन्ने बारेमा उहाँले यदि कुटनीतिक च्यानल मार्फत माग भएमा दूताबासले सो कुरा मुख्यालयमा जानकारी गराएर क्वालिफाइड प्रोभाइडरको सूची पठाउने थियो भन्दै गत विहीबार आएका समान भने बेइजिङ्स्थित दूताबासबाट चीन सरकारसँग व्यापारिक आग्रह गरेको आधारमा प्राप्त भएको स्पष्ट गर्नुभयो ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        