काठमाडौं । कोविड १९ महामारीको कारण विश्वभरिका धार्मिक क्षेत्रहरू बन्दगरिएका छन् । अब यसको प्रभाव साउदी अरेबियाको मक्कामदिनामा पनि पर्ने स्पष्ट भएको छ । साउदी अधिकारीहरूले यो वर्ष जुलाईमा हुने हजयात्रा कोरोना भाईसको कारण रद्द हुन सक्ने संकेत दिएका छन् । यो पहिले सन १७९८ मा रद्द गरिएको थियो । यसअघि साउदी सरकारले २ फेबु्रअरीमा उमराहमा प्रतिबन्ध लगायो । उमराह हजसँग मिल्दोजुल्दो छ, तर निश्चित इस्लामिक महिनामा मक्का र मदीनाको यात्रालाई हज भनिन्छ । साउदी सरकारले कोरोनाको महामारीलाई रोक्न सबै समाना बन्द गरिसकेको छ ।
हजयात्राको समय चंद्र क्यालेन्डरबाट निर्धारण गरिन्छ । यो वार्षिक इस्लामिक कार्यक्रमको एक प्रमुख हिस्सा हो । त्यसकारण यो १९१८ मा फैलिएको स्पेनी फ्लूको समयमा समेत बन्दगरिएन । यदि यो वर्षको हजयात्रा रद्द गरियो भने, साउदी अरबले ठुलो अर्थिक घाटा ब्योहर्नु पनेर्छ । किनकि तेलको मूल्य महामारीको कारण पहिले नै घटेको छ । यस्तो अवस्थामा हज यात्राबाट आम्दानी हुने रकम पनि गुमाउनु पर्नेछ । गतवर्ष करीव २० लाख मानिस हज मान्न साउदी पुगेका थिए । साउदीले हरेक वर्ष हज यात्राबाट करिब २० अर्ब अमेरिकी डलर आम्दानी गर्छ ।
- गुगलमा कोरोनाको खोजी अग्रस्थानमा
- १७९८ हजयात्रा रद्द गरिएको थियो,तर यो १९१८मा स्पेनी फ्लूको प्रकोपमा समेत रद्द गरिएको थिएन
- साउदीमा कोरोना फैलिनबाट जोगाउन सबै सीमानाहरू लक गरिएको छ
साउदी हजमन्त्री मुहम्मद सालेह बिन ताहिरले भनेका छन्, ‘हाम्रो सरकारले सबै देशका मुसलमानहरुलाई बचाउनको लागि तयारी गरिरहेको छ । हाम्रो तर्फबाट स्पष्ट नभएसम्म सबै यात्रा सम्झौताहरू बन्द गर्न विश्वभरका मुस्लिमहरूलाई अपिल छ ।’
यसैबीच कोरोना संक्रमणको त्रासपछि नेपाल सरकारले हरेक वर्ष हजका लागि साउदी अरेविया जाने गरेका हजयात्रीलाई यस वर्ष नपठाउने भएको छ । कोरोना संक्रमण विश्वभर फैलिएपछि गृहमन्त्री रामबहादुर थापाले साउदीमा हजगर्न जानेलाई अनुमति नदिन निर्देशन दिएका हुन् । नेपालस्थित साउदीदूतावासले मन्त्रालयलाई तत्कालका लागि हजको प्रक्रिया रोक्न आग्रह गरेपछि गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् । साउदीले नेपालसहित सबै देशबाट हजमा जानेलाई तत्काल प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको थियो ।
असार अन्तिम साताबाट सुरु हुने हज ४२ दिनसम्म चल्ने गरेको छ । इस्लामिक मान्यता अनुसार हजयात्रा मुस्लिमहरूको लागि जीवनमा एक पटक अनिवार्य छ । साउदीमा रहेको मक्का र मदिनामा विश्वभरि प्रत्येक वर्ष औसतन ३० लाख मुस्लिमहरू पुग्ने गर्दछन् ।
कोरोना भाइरस विश्वभरिनै विनाशको कारण बनेको छ । यसको कारणले, हजारौं मानिस मरेका छन् , बिरामी छन् र घरमै थुनिएर बस्न बाध्य छन् । यसकै कारण विश्वनै लकडाउनको अवस्थामा छ ।
यसको आतंकका कारणनै गुगल खोजीमा यो सबैभन्दा माथीउक्लिएको छ । गत एक वर्षमा, भारतलगायत सम्पूर्ण विश्वमा कोरोना संसारमा सबैभन्दा बढी खोजीगरिएको शब्द बनेको छ । गुगलको सर्च ट्रेण्ड ग्राफलाइ हेर्ने हो भने जनवरीदेखि यो शब्दको खोज शुरू भएको हो ।
यो खोज १५ देखि २१ मार्चसम्म सबैभन्दा बढी देखिएको छ । खोजी गरिएका तीन प्रमूख शब्दावली
१ कोरोना भाइरस
२ कोरोना भाइरस एजेन्टहरू
३ बीएमडब्ल्यू मोटर्स