उर्लाबारी । लकडाउनका कारण प्रभावित बनेका श्रमीकहरुकाको लागि उर्लाबारी नगरपालीकालाई सहयोग प्राप्त हुने क्रम जारी छ । प्राप्त सहयोगहरुलाई नगरको विपत व्यवस्थापन कोषमा जम्मा गरी एकदर प्रणाली अन्र्तगत राहत वितरण गरीदै आएको नगर प्रमुख खड्ग फागोले बताएका छन ।
यसैक्रममा नगरमा रहेका तिन वटा लायन्स क्लबहरुले दोस्रो चरण अन्र्तगत खध्यन्न, मेची सहकारी संस्था लि. दमक, सूर्य बचत तथा ऋण सहकारी संस्था लि., सामुदायीक बिकास मंच उर्लाबारी, राजकुमार भट्टराई र टि.एन.भण्डारी सहितले कोषमा नगद जम्ममा सहयोग गरेको नगरपालीकाले जनाएको छ ।
यसरी सहयोग गर्नेहरुमा लायन्स क्लव अफ उर्लाबारी, लायन्स क्लब अफ ईष्र्टन मोरङ उर्लाबारी र लायन्स क्लब अफ आस्था उर्लाबारीले ५० जना श्रमीकहरुको लागि खाध्यन्न सेट उपलब्ध गराएको लायन्स क्लब अफ उर्लाबारीका अध्यक्ष आनन्द कार्कीले बताएका छन ।
यसैगरी मेची सहकारी संस्थाले ५० हजार, सूर्य बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले २० हजार, सामुदायीक बिकास मंच उर्लाबारीले १५ हजार, अमेरिकामा रहेका उर्लाबारीका टि.एन. भण्डारीले १० हजार र उर्लाबारी–७ का हाल काठमाण्डौ बसोबास“ गर्दै आएका राजकुमार भट्टराईबाट ५ हजार प्राप्त भएको नगर विपद व्यवस्थापन समितिका सदस्य रुद्रबहादुर तामाङले बताएका छन । यसरीनै नगर प्याब्सन उर्लाबारीले पनि शनिबार नगरको बिपद व्यस्थपान कोषमा खाध्य सामाग्री जम्मा गरेको छ ।
उता नगरले वडा नं. १ र ६ मा एक–एक सय श्रमीक मजदुरलाई राहत उपलब्ध गराए पनि समन्धित वडाले सोमबार मात्र राहत वितरण गर्न वडा नं.६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताए का छन ।