• काठमाडौं,२४ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पशुपन्छीमा पनि देखिन थालेको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी प्रयोगशालाले पुष्टि गरेको हो ।

    बीबीसीले उल्लेख गरेअनुसार कोरोना संक्रमित उक्त बघिनि नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ । चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ।

    चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…