• श्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन)को अवधि फेरि एक साता थप गर्ने तयारी गरेको छ ।

    दोस्रोपटक थपिएको लकडाउन भोलि मंगलवार सकिन लागेपछि तेस्रोपटक थप्न लागिएको हो ।

     

    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिशका आधारमा सरकारले लकडाउनको समय थप गर्न लागेको हो ।

    सरकारले चैत्र १२ गतेदेखि १८ गतेसम्म पहिलो चरणमा र चैत्र २९ देखि २५ सम्म दोस्रो चरणमा लकडाउन घोषणा गरेको थियो । सामाजिक दूरी कायम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित अवधि बढाउने निर्णय भएको समिति स्रोतले जानकारी दियो ।

     

    शनिवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारले लकडाउनको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

    सोमवार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने तयारी रहेको एक मन्त्रीले जानकारी दिए ।

    सरकारले वैशाख २ गतेसम्म लकडाउन गर्ने तयारी गरेको छ । छिमेकी मुलुक भारतमा जारी २१ दिनको लकडाउन पनि वैशाख २ गते नै सकिँदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…