पिटर कुलाकोभस्की
अमेरिकी राष्ट्रपति डोनाल्ट टम्पको भनाइभन्दा अमेरिकी मानसिकता अझै कडा छजस्तो लाग्छ मलाई । अमेरिकी मानसिकता बुझेरै उनको अभिव्यक्ति आएको हुनुपर्छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सम्पूर्ण विश्वको यात्रा तय गरिसक्यो । तर चीनको बुहानबाट अकस्मात उत्पत्ति भएको यो कोरोना भाइरस बेइजिङ र संघाई भने पुग्न सकेन । के कसैले बताउन सक्छ किन (?) पुग्न सकेन । सर्सती हेर्दा यो कुरा तार्किक छ । कुनैपनि चिनियाँ शेयर बजार यो बीचमा त्र्mयास भएन । जवकि अमेरिकी र यूरोपीयन शेयर बजार धरासायी भए, अझै हुदैछन् । अन्य मुलुकका बजारहरू नष्ट गर्नु र तिनीहरूलाई हरेक तरिका अपनाएर आफ्नो कब्जामा लिनु हो कि भन्ने शंका चीनमाथि उब्जिएको छ ।
यस्का लागि कसरी संसारमा चाँडो हावी हुने भन्ने चीनको संकल्प आएको पनि त हुन सक्छ नि । त्यसका लागि भाइरस र एन्टीडोट सिर्जना गर्ने, भाइरस फैलाउने, दक्षता र क्षमताको आफैंले प्रदर्शन गर्ने, केही दिनमै अस्पतालहरू निर्माण गर्नेलगायतका काम हेर्दा वास्तवमा चीन कोरोना भाइरसका बारेमा पहिलेनै तयार थियो कि भन्ने आशंका पैदा हुन्छ । परियोजनाहरूसँगै, उपकरणहरू तयारी अवस्थामा राख्ने, श्रम व्यवस्थापन, पानी र ढल निकास नेटवर्क, पूर्वनिर्मित भवन निर्माण सामग्रीहरू, प्रभावशाली मात्रामा स्टक राखिएका थिए ।
एशियाली मुलुकभन्दा धेरै टाढाको युरोपबाट सुरू गरेर विश्वमा अराजकता निम्त्याउने चीनको उद्देश्य पनि त हुन सक्छ नि । दर्जनौं देशहरूको अर्थव्यवस्था द्रुत गतिमा धरासायी बनाउने उद्देश्य थिएन भन्न सकिन्छ र ? अन्य देशहरूको कारखानामा उत्पादन प्रकृया रोक्ने र शेयर बजारमा गिरावटको कारण, मोलमोलाई गरेर कम्पनीहरू किन्ने कसैको उद्देश्या होइन भनेर कसरी भन्न सकिन्छ । पहिले नै तयारी गरिएका कारणा आफ्नो देशमा महामारीलाई द्रुत रूपमा नियन्त्रण गर्न सम्भव भयो कि भन्ने पाटोबाट पनि त सोच्न सकिन्छ नि । इन्धनलगायतका वस्तुहरूको मूल्य कम गराउने र ठूलो परिमाणमा खरीद गर्ने चीनको उद्देश्य थिएन भन्ने आधार कसैसँग छ र ? विश्वको अर्थतन्त्र धरासायी भएपछि आफु यथाशक्य चाँडो उत्पादन प्रकृयामा जाने, धरासायी भएर पक्षाघातको अवस्था भोगिरहेका अन्य देशका उद्योगहरूलाई महँगोमा सामान बेच्ने चीनको लक्ष्य पनि हुन सक्छ । चिन्तन गर्न योग्य केही कुरा उदाहरणका लागि मैले यहाँ उल्लेख गरेको छु ।
कसरी रूस र उत्तर कोरिया कोविड–१९ बाट पूर्ण रूपमा स्वतन्त्र रहन सकेका छन् ? जवकि उत्तर कोरिया र रुसको बजार चीनले नै धानिरहेको छ । दैनिक हजारौं मान्छे चीनका विभिन्न सहरबाट ओहोर दोहोर गरिरहेका हुन्छन् । उनीहरू चीनका अभिन्न सहयोगी हुन् । तुलनात्मक रूपमा यी दुई देशमा भयावह अवस्था आएको छैन, सायद आउदैन पनि । अर्कोतर्फ दक्षिण कोरिया र यूनाइटेड किंगडम (बेलायत), इटली, स्पेन र एशियागम्भीर रूपमा कोरोना भाइरसबाट आघात छन् । कसरी वुहान अचानक घातक भाइरसबाट मुक्त हुन्छ ? यो अकल्पनिय कुरा हो ।
चीनले भन्छ, कठोर आरम्भिक उपायहरू अपनाइएको थियो र वुहानबाट अन्यक्षेत्रहरूमा फैलन नदिनका लागि लकडाउन गरिएको थियो । मलाई विश्वाश छ चिनियाँहरूले भाइरसको एन्टिडोट प्रयोग गरिरहेका छन् जुन भाइरससँगै बनाइएको थियो ।
किन बेइजिडमा असर परेन ? किन केवल वुहानमा मात्र ? खैर .. वुहान अब व्यवसायका लागि खुला भएको जानकारी दिइएको छ । अमेरिका र माथिका सबै उल्लेखित देशहरू आर्थिक रूपमा ध्वस्त हुदैछन् । चाँडै अमेरिकी अर्थव्यवस्था चीनको योजनाअनुसार पतन हुनेछ । चीनले थाहा पायो कि अमेरिकालाई सैन्य रुपमा पराजित गर्न सकिदैन, त्यसैले भाइरसको प्रयोग गर्नुहोस् ... अर्थ–व्यवस्था लंगडो बनाउनुस् । संसारको शक्ति राष्ट बन्ने, आर्थिक नेतृत्व आप्mनो हातमा लिने चीनको यो अभियान पनि होइन भन्न मिल्ला र ?
(कुरमोण्ड होम्सकामालिक पिटर अस्ट्रेलियाका निर्माण व्यवसायी हुन्)