चैत २४, २०७६ |भारतबाट केहीदिन अघि फर्केका तनहुँको रिसिङ गाउँपालिका–६ का लालबहादुरलाई गाउँलेले उपचार गर्न जा भन्दै परिवारसहित एम्बुलेन्समा हालेर पठाए । तर तरस्वास्थ्यकर्मीले अस्पतालभित्र छिर्न दिएनन् । ‘राती ८ बजे गाउँलेले उपचार गर्न जा भनेर सबै परिवारलाई एम्बुलेन्समा हालेर पठाए,’ लालबहादुरले भने, ‘अस्पताल आउँदा डाक्टरले ज्वरो नापे र किन आएको भनेर हकारे । बाहिर गएर बस्नु भनेपछि चौतारामा रात काट्यौं ।’
भनिन्छ, डाक्टर बिरामीका लागि भगवान हुन् र अस्पताल भगवान वस्ने ठाउँ । तर नेपालमा यतिखेर अस्पत्ताल अस्पताल मृत्युशैया बनेका छन् भने डा. मूकदर्शक । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएपछि सरकारले ज्वरो आएका र विदेशबाट आएकाहरुले समयमै परिक्षण गरेर सुरक्षित हुन भनेको छ ।
तर बिरामीको ज्यान बँचाउने अस्पताल र स्वास्थ्यकर्मीले दम तथा रुघाखोकीका दीर्घरोगी एवं ज्वरो आएका, विदेशबाट आएका र अन्य बिरामीलाई जाँच नै नगरेर गम्भिर हेलचेक्र्याइँ गरेका छन् ।
डाक्टरको हेलचेक्र्याईले समस्या भोग्ने मध्येका एक हुन गुल्मीको धुर्कोटका शिवलाल भण्डारी । तीनवर्षदेखिको दमरोगले एक्कासी च्यापेपछि भण्डारीलाई आफन्तले अघिल्लो आईतबार बिहान बुटवलको सिद्धवावा अस्पत्ताल ल्याए । तर बिहान ७ बजे अस्पत्ताल पुगेका उनलाई ८ बजे गेटभित्र पनि छिर्न नदिएर फर्काइयो । तर छोराहरुले जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेपछि प्रशासनले उपचार नगर्ने स्वास्थ्यर्मीलाई कार्वाही गर्ने चेतावनी दिएपछि उनको उपचार भयो ।
महामारीको बेला जनताले सबैभन्दा धेरै विश्वास गर्ने र गर्नुपर्ने पनि स्वास्थ्यकर्मीको हो, किनकी उनीहरुलाई रोगबार अरुलाईभन्दा धेरै र तथ्यपूर्ण जानकारी हुन्छ । तर उनै स्वास्थ्यकर्मीले सही जानकारी दिनुको साटो शंकास्पद व्यवहार गर्ने गरेको कारण जनताले पनि उनीरुकै सिको गरेका छन विदेशबाट आएका र ज्वरो आएका बिरामीहरुप्रति । झन् विदेशबाट आएकाहरु त यसो बेला गाउँको हेला, अस्पतालको बोझ जस्तै जस्तै हुन पुगेका छन् ।
कतारबाट चैत ५ गते नेपाल आइपुगेका उदयपुर बेलका नगरपालिकाका विनानन्द चौधरीलाई नगरपालिकाले जवर्जस्ती स्वाब परिक्षण गर्न धरानस्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा पु-यायो । तर चौधरी र उनकी श्रीमतिलाई भित्र छिर्न त दिइएन नै, १८ घण्टासम्म खानपिन समेत पाएनन् ।
दिनभर विदेशबाट आएकाहरुको हुलमा राखेर अन्त्यमा ज्वरो परिक्षण मात्र गरेर फकाईयो । ‘मलाई त भाइरस रहेनछ, तर तर हुलका बीचमा अरुबाट सर्नसक्ने गरि राखियो’, उनले भने ‘भोकभोकै भण्डै मारिएन ।’
यो बेला जनतालाई सही स्वास्थ्यचेतना दिने र उपचार गरेर निको बनाउने डक्टरको हेलचेक्र्याइले विरामीले दुःख पाउने होइन । कतिपयको ज्यान समेत जान थालेको छ, त्यो पनि सामान्य बिरामीको । सामान्य अवस्थामा आफै अस्पत्ताल पुगेकाहरु फर्केर नआउँदा अस्पताल र डाटरहरुको लापर्वाहीको सीमा नाघेको पुष्टि हुन्छ ।
त्यसको एउटा उदाहरण हुन कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाह । थ्रेसरमा मुसुरो कुट्ने क्रममा चोट लागेका टाँका लगाएका उनलाई ज्वरो आएपछि ४ वटा अस्पत्तालले उपचार गर्न नमानेका कारणले अकालमै ज्यान गुमाउनुप¥यो । नारायणी अस्पतालका चिकित्सकले ‘सेप्टी सेमिया’ भएको भनेपनि नारायणी, नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालले उपचार गर्न नमानेपछि उनको अस्पत्ताल डुलाउँदा डुलाउँदै बाटैमा ज्यान गयो ।
उपचार नै नपाएर बुटवलको कोरोना विशेष अस्पतालमा पनि पाल्पाको रिब्दीकोट–५ घर भई रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौंडाँडा बस्दै आएका ३४ वर्षीय बाबुराम थापाले ज्यान गुमाए । दुबइबाट चैत ६ गते नेपाल आएपछि सामान्य ज्वरो आएका थापा क्षेत्री चैत १३ गते अस्पताल भर्ना भए । तर अस्पताल पुगेको तीनदिनमा उनको रोग पत्ता नलाग्दै मृत्यु भयो । मृत्यु भएपछि प्राप्त भएको उनको स्वाव परिक्षण रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भयो ।
कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका बिरामीलाई शंकाकै आधारमा अमानवीय व्यवाहार गर्ने गरेको उनीहरुका आफन्तको आरोप छ ।
मृतक थापाका परिवारका अनुसार उनलाई कोरोना संक्रमणको आशंका मात्र गरेर चिकित्सकहरु उनको नजिक नै परेनन् । जसका कारण अरु नै रोग लागेको हो कि कोरोना संक्रमण हो भन्ने कुरा समेत पत्ता लागेन । सामान्य ज्वरोका बिरामी उनको रोग पत्ता नलागिकनै ज्यान गयो । ‘डाक्टरहरु बिरामीको नजिकै परेनन्, टाढैबाट सोधेका आधारमा औषधी दिए, के रोग लागेको पत्ता नलगाइ निमोनियाको औषधि चलाएर ज्यान लिए’, उनकी श्रीमतीले रुँदै भनिन्, ‘डाक्टर नजिक गएर जाँचेको भए रोग पत्ता लाग्थ्यो, उपचार हुन्थ्यो ।’
तर डाक्टर र अस्पतालको कमजोरी स्विकार्न स्वास्थ्यकर्मी तयार छैनन् । बरु एक अर्कामा दोषारोपण गरेर उम्न्छििन् । यो समयमा विदेशबाट आएका बिरामीलाई क्वारेण्टाइनमा राख्नुपर्ने भएपनि स्थानीय तहहरुले शंकाकै भरमा खोजीखोजी अस्पतालमा पठाउने गरेकोले बिरामीलाई समस्या भएको पश्चिमाञ्चाल क्षेत्रिय अस्पतालका निर्देशक अर्जुन आचार्यको भनाई छ ।
तर उपचारमा संलग्न स्वास्थ्यकर्मीले न बिरामीको रोगको पहिचान गर्छन न कोरोना संक्रमण हो या होइन भनेर समयमै परिक्षणका लागि पठाउँछन् । बुटवमा मृत्यु भएका बाबुरामको सन्दर्भमा त्यही हेलचेक्र्याईँ देखिएको स्थानीयको आरोप छ । १३ गते भर्ना भएका व्यक्तिको १६ गतेमात्र स्वाव नमुना परिक्षणका लागि पठाउनुले अस्पतालको लापर्वाहीदे सीमा नाघेको देखाउँछ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालका अनुसार नमुना झिक्ने र ल्याबमा पठाउनका लागि केन्द्रसँग समन्वय गर्नुपर्छ । तर, अनुकूल समय नमिलेकाले ‘स्वाब’ पठाउन समयमै सकिएन । एकजना मात्रै बिरामीको स्याम्पल पठाउने व्यवस्था नभएकाले पनि ढिलो भयो । उनी भन्छन्, ‘हामीले त उपचार गरेकै हो, अन्य ठाउँबाट समन्वय नगरेपछि कसको के लाग्छ र ?’
यी घटनाहरुले अस्पतालहे बिरामीको उपचारमा ठूलो हेलचेक्र्याईँ गरेका मात्र छैनन निमोनिया र अन्य श्वासप्रश्वासका रोगीहरुको अकालमा ज्यान जाने गरेको छ । कोरोनाको उपचार गर्ने भनेर स्थापना गरिएका विशेष अस्पत्तालहरुमा भेण्टिलेटर, आईसीयू लगायत अत्यावस्यक उपकरण नभएको स्वास्थ्यकर्मीहरुले बताउन थालेका छन् ।
विशेष अस्पतालको त त्यो अवस्था छ भने अहिले देशभरी क्वारेण्टाइनमा राख्नका लागि भन्दै विद्यालयमा बेच्चहरु जोडेर बेड निर्माण गरेका छन् । यस्तो महामारीका बेला आइसोलेसन वा क्वारेण्टाइनमा बस्दा एउटा रुममा एउटा व्यक्ति मात्र बस्नुपर्छ । नत्र एकजना संक्रमित भेटिए भने अरु सबैलाई सर्ने सम्भावना उच्च हुन्छ । अहिले स्थानीय तहहरुले बनाएका वार्डहरु एउटै कोठामा धेरै बेडहरु राखेर बनाएका वार्डहरु निकै जोखिमपूर्ण रहेको जीवाणु वैज्ञानिक सुदीप खड्का बताउँछन् ।
कोरोना भाइरस संक्रमणले विश्वभर महामारीको रुप लिइरहेको समयमा नेपालमा ढिलो गरी यसको संक्रमण शुरु भएपनि सुरक्षाका लागि भरपर्दो ब्यवस्था नगरिएको भन्दै धेरैले आलोचना गरेका छन् । सरकारले प्रयास त गरेको छ, तर कार्यान्व्यन गर्ने तहमा ति सबै देखाउन र झारा टार्ने प्रकारका देखिएा छन् । कमजोरी गर्नेलाई कारबाही भएको छैन । यो अबस्थामा सामान्य बिरामी देखि कोरोना संक्रमण नै भएर अस्पताल पुग्नेहरुको पनि अकालमा ज्यान जाने जोखिम भएको जनाताको गुनासो छ ।