• चैत २४, २०७६ काठमाडौं – नेपाल राष्ट्र बैंकले रू. ३१ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सोमबार २ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल इस्यु हुने राष्ट्र बैंकले बताएको छ ।

     

    राष्ट्र बैंकले ९१ दिनका लागि रू. १० करोड, १८२ दिनका लागि रू. २० अर्ब र र ३६४ दिनका लागि रू. ११ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

    गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ । सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ ।

    यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । यद्यपि, नेपालमा २८ दिने ट्रेजरी बिल निष्काशन हुने गरेको छैन । ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ ।

    साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ । कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू. १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् । तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…