उर्लाबारी । लेटाङ उद्योग बाणिज्य संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ (साने) ले बुवाको स्मृतिमा नमूना बाल गृहमा खाद्यान्य सहयोग गर्नुभएको छ ।
उर्लाबारी–७ स्थित गृहमा बुवा गणेशबहादुर श्रेष्ठको ४५ औं पुन्यतिथिको अवसरमा खाद्यन्य सहयोग गर्नुभएको हो । गृहमा अध्यक्ष श्रेष्ठले ३ सय केजी चामल, २५ केजी दाल, ५९ केजी आटा, ३८ केजी चिनी, मटर ३६ केजी सहयोग गर्नुभएको छ । नमूना बाल गृहका बालबालिकाहरुलाई आफूले सकेको सहयोग सदैव सहयोग गर्ने उहाँले बताउनुभयो ।
https://www.facebook.com/1534564696851045/videos/2953328274710799/
गृहकी अध्यक्ष मिना बरालले कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेको बेला खाद्यान्य अभाव भइरहेको अवस्थामा खाद्यान्य सहयोगले राहत मिलेको बताउनुभयो । उहाँले सहयोगीदातालाई धन्यवाद प्रकट गर्दै आभार प्रकट गर्नुभयो । बाल गृहमा ४५ जना बालबालिकाहरु आश्रित रहेका छन् ।