•  

    बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना भाइरसको संभावित महामारी बिरुद्ध लड्नका लागि सर्वपक्षीय संयन्त्र बनाउँन सुझाव दिएका छन् । विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाले नेपाललाई पनि धेरै प्रभावित पार्नसक्ने संकेत गर्दै उनले कोरोनाबाट मुलुकलाई जोगाउँन सर्वपक्षीय संयन्त्र निर्माणको खाँचो औल्याएका हुन् ।

    सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गदै उनले सत्तारुढ दल, मुख्य तथा अन्य साना प्रतिपक्षी दल, निजी क्षेत्र, नागरिक समाज, जनस्वास्थ्य विज्ञहरु, संकट व्यवस्थापन विज्ञ लगायतको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय समिति बनाउँन सुझाव दिएका हुन् । संकटका बेला सरकारले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले सरकारले मुलुक भित्रका सबै शक्तिहरुलाई रिझाएर नीतिगत आधार तय गर्न राजनीतिक तहमा र कार्यकारी तहमा विज्ञ विशेषको अर्को समिति बनाउँन उपयुक्त हुँने उनको सुभाव छ । कोरोनाको लक्षण ढिलो देखिने वा लक्षण नदेखिदै पनि संक्रमण फैलनसक्ने हुनाले खतरनाक स्थिती सृजना हुँनसक्ने प्रति सचेत गराउँदै उनले दुरगामी असर पर्ने अवस्थाबाट जोगाउँन सर्वपक्षीय समितिले प्रभावकारी भूमिका खेल्न सक्ने तर्क गरेका छन् ।

    कोरोना बिरुद्धको अभियानको अग्रपंतिमा स्वास्थ्यकर्मीहरु नै हुँने भएकाले उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई उच्च बनोबलका साथ काम गर्न प्रेरित गर्नुपर्ने आवश्यकता औल्याएका छन् । कोरोना बिरुद्धको अभियान कुनै पार्टी बिशेषको मात्र नभई सवैको भएकाले मुलुकभित्र भएका सवैपक्षलाई एकढिक्का बनाएर यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न डा.शर्माले सरकारलाई आग्रहसमेत गरेका छन् । महामारीसँग जुध्ने बेलामा स्वास्थ्य सामाग्री खरिदको बिषय विवादरहित बन्न नसक्नु र आर्थिक अपचलनको प्रश्न उठ्नु दुखद् भएको उल्लेख गर्दै उनले पारदर्शी रुपमा काम गर्न सरकारलाई सुझाव दिएका छन् । अहिले जटिल अवस्थामा मुलुक गुज्रिरहेकाले सरकारमा भएकाहरुले पनि विवादरहित र पारदर्शी काम गर्नुपर्ने उनको तर्क छ ।

    काँग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले अहिले आरोप प्रत्यारोप गर्ने बेला नभएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर महामारी बिरुद्ध सरकारको अभियानमा सघाउँन कांग्रेससहित अन्य राजनीतिक दललाई पनि आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…