•  

    काठमाडौँ, २४ चैत

    अष्ट्रेलियाले आफ्नो भूमिमा रहेका नेपालीलाई बिचल्लीमा पर्न नदिने र उनीहरूको उपयुक्त हेरविचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज बिहान भएको टेलिफोन वार्तामा अष्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले नेपालीहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    कोभिड–१९ को विश्वव्यापी महामारीबाट अष्ट्रेलियामा पनि प्रभावित भएको र त्यसबाट त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने कठिनाइप्रति मन्त्री ज्ञवालीले ध्यानाकृष्ट गराउँदा समकक्षी पेनले सबैले रुचाएको नेपाली समुदायको हित र सुरक्षालाई अष्ट्रेलियाले ध्यान दिने बताउनुभयो ।

    टेलिफोनवार्ताबारे राससलाई जानकारी दिदैं मन्त्री ज्ञवालीले भन्नुभयो, “अष्ट्रेलियाली पर्यटकहरूको हालैको स्वदेश फिर्ती, अष्टे«लियामा रहेका नेपाली विद्यार्थीको हित र सुरक्षा, नेपाल र अष्ट्रेलियाबीच भावी दिनमा नेपाल वायु सेवा निगमले गर्ने सिधा सेवा, नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षका सन्दर्भमा आपसी सहकार्य र साझेदारीबारे विचार विमर्श भयो ।”

    कोभिड–१९ विरुद्ध द्विपक्षीय एवं बहुपक्षीय साझेदारीको अपरिहार्यतामा आफूले जोड दिएको बताउँदै मन्त्री ज्ञवालीले समकक्षी पेनले पनि त्यसलाई सकारात्मकरूपमा लिनुभएको जानकारी दिनुभयो । कोभिड–१९ विरुद्धको अष्ट्रेलिया सरकारले चालेका प्रयासप्रति नेपालका तर्फबाट मन्त्री ज्ञवालीले ऐक्यबद्धता जनाउनुभएको थियो । अन्य देशको तुलनामा उक्त भाइरसको सङ्क्रमण कम भएकाले त्यसबाट अष्ट्रेलियाले शीघ्र पार पाउने शुभेच्छा पनि उहाँले व्यक्त गर्नुभएको थियो ।

    आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको मन्त्री पेनले सराहना गर्दै नेपाल वायु सेवा निगमलाई भविष्यमा अष्ट्रेलिया उडान भर्न सघाउने बताउनुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाँले मन्त्री ज्ञवालीलाई अष्ट्रेलियामा स्वागत गर्न आफूले व्यग्र प्रतीक्षा गरिरहेको तथा परिस्थिति सामान्य भएपछि पूर्वनिर्धारित भेटवार्ता गर्ने बताउनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…