चैत २५, काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहकाले मौसम बदली भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम भने सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान :-
चैत्र २५ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्ह पछि आँशिक बदली भई एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।
चैत्र २६ गते (बुधबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भु-भागका थोरै स्थानहरुका साथै पुर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
चैत्र २७ गते (बिहिबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भु-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघ-गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।