• हरि कोइराला
    उर्लाबारी  । ३० देखि ४५ दिनभित्र बेची सक्नुपर्ने कुखुरा ५६ दिनको भइसक्दा पनि बेच्न नपाएको गुनासो किसानको छ । उनीहरूले कि किनिदने नभए बेच्न दिन माग गरेका छन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोरमै थन्किएको रोजगार पोल्ट्री एन्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताउनुभयो ।

     

    पूर्वी मोरङका मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चरे, लेटाङ र काने पोखरीमा ६० भन्दा बढी डिलर छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ ।

     

     

    सामान्यतया दुई सय कुखुरा पाल्न किसानको एक लाख रुपियाँ खर्च हुने गर्छ । औसत प्रतिकेजी दुई सय रुपियाँमा बिक्री हुने कुखुरा लकडाउन भएयता बिक्री ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग सहरी क्षेत्रमा हुने गरेको छ । गाउँबाट सहर पु¥याउन नसक्दा १० हजार कुखुरा खोरमै थन्किएका छन् । अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रूपमा बन्द हुँदा कुखुराको माग शून्य छ ।

     

    किसानले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइदिन बारम्बार आग्रह गरेका छन् तर स्थानीय सरकारले पनि बेवास्था गरेको किसान रमेश गिरीले बताउनुभयो । उता पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका तीनवटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…