• २०७६ चैत २५ मंगलबार

    बिर्तामोड । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ ।

    कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो ।

    राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।

    हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।
    शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो ।
    आगो राईको घरबाट सुरु भएको थियो ।

    राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए ।
    उनले बुझेर ल्याएको राहत समेत जलेको थियो । राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।

    सुकुम्बासीका नाममा हुकुमबासीले वनको जग्गामा छाप्रो हालेर बसेको उक्त घटनाले प्रमाणित गरेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताउनुभयो ।

    लक डाउनका कारण बजारमा प्लाष्ट्रिकको बोटल खोज्न नपाएको भनेकाले आफूहरुले वार्डवाट राहत दिएको जनप्रतिनिधी रोशान सुवेदीले बताउनुभयो । राई लगायातको घरको आगो दकम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो भने जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत ३ घण्टा लागेको थियो ।

    प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् । राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन् ।
    (गोरखापत्र अनलाइनबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…