• काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको निस्कर्ष निकालेको छ । बैठकले अनियमितताको गम्भीर छानबिन गरी दोषिलाई कडा कारबाही गर्नसमेत माग गरेको छ ।

    कांग्रेसले कोरोनाभाइरस नियन्त्रणमा सरकारले पाएको पर्याप्त समयलाई उपलब्धिमूलक बनाउन नसकेको कांग्रेसको आरोप छ । मुलुकमा संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको विश्लेषण अवस्थामा सरकारको तयारी प्रयाप्त नभएको कांग्रेसको आरोप छ ।

    कांग्रेसले कोरोना परिक्षणको दायरा फराकिलो बनाउन पनि सरकारसँग माग गरेको छ । ‘पीपीई’, परीक्षण किट, भेन्टिलेटरलगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएकाले तत्काल व्यवस्थापन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    कांग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संकटको घडीमा अहोरात्र खटिने सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न माग गर्दै संकटको घडीमा सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…