• काठमाडौं–कोरोनाको कहरका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बहुप्रतिक्षित सम्बोधन पनि कोरा भाषणमै सीमित भएको छ । देशवासीका नाममा बालुवाटारबाट नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

    सम्बोधनकोे दौरान ओलीले सरकारविरुद्ध बेमौसमी प्रजारबाजी भैरहेको बताए । चैत ७ गतेको सम्बोधनमा भन्दा खास नयाँ कुरा गर्न नसकेका प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारीलाई नछाड्ने पुरानै कुरा दोहोर्याए । सञ्चारमाध्यमको आलोचना गरेका प्रधानमन्त्री ओलीले गरिब जनता लक्षित कुनै घोषणा गरेनन् ।

    सरकारलाई लागेको भ्रष्टाचार आरोपको प्रतिवाद गरेका प्रधानमन्त्री ओलीले अझै केहीदिन सारोगार्हो झेल्न जनतालाई आग्रह गरेका छन् । ओलीको सम्बोधन सकिए लगत्तै सामाजिक सञ्जालमा आयोजना सुरु भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…