• काठमाडौँ, चैत २५ गते । उद्योगी घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कोरोना भाइरस (कोभिड–१९) महामारीको मौकाछोपि कालोवजारी गरेको अभियोगमा पक्राउ परेका छन् । ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा विक्री गरेको अभियोगमा मंगलबार नक्सालबाट पक्राउ परेका हुन ।
    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले पाँचहजार वजार मूल्यमा पाइने थर्मलगन १५ हजारमा बिक्री गर्न मोलमोलाई गरिरहेको अवस्थामा अग्रवाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ ।
    कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका अग्रवालले केही दिनअघि चीनबाट ब्यापारिक प्रयोजनका लागि कोरोना भाइरस सम्वन्धी स्वास्थ्य उपकरण सात टन खरिद गरि ल्याएको जानकारी प्रहरीले दिएको छ ।

     

    सो उपकरणहरू मध्ये थर्मल गनको विक्रीमा शंकर ग्रुपले चर्को मूल्य लिएको सूचना पाएपछि अपराध महाशाखा प्रहरीको टोली ग्राहक बनेर अग्रवालको सम्पर्कमा पुगेको थियो । ब्यापारी अग्रवालले यस्तो संकट र महंगीको वेला १५ हजार भन्दा कम मूल्यमा सामान वित्री गर्न नसक्ने जनाउ दिएपछि पक्राउ गरिएको हो ।
    केही दिन अघि नेपाल एयरलायन्सबाट चीनको ग्वाङझाओबाट ल्याइएको छ ७.५ टन स्वास्थ्य सामग्रीहरूमा नेपाल सरकारको संगै चौधरी गु्रप र शंकर ग्रुपको समेत सामग्री रहेको बताइएको छ । महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अग्रवाललाई कालोवजारी कसुर अन्तरगत कानुनी कारवाहस्का लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…