•  

    काठमाडौँ, चैत २५ गते । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ । यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायण विडारीले अन्तर्राष्ट्रिय उडानलाई बैशाख १८ गतेसम्मका लागि स्थागित गरिए पनि आन्तरिक उडानको विषयमा केही दिनमा निर्णय आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक उडानको विषय विचाराधीन छ । केही दिनमा टुङ्गो लाग्ने छ ।” उहाँले बैठकमा कोभिड–१९ सङ्क्रमणबाट जनजीवन र नेपाली अर्थतन्त्रमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले ‘इम्प्याक्ट स्टडी’ गर्ने निर्णयसमेत भएको जानकारी दिनुभयो ।

    बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समीक्षासमेत भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव विडारीले दिएको जानकारी अनुसार, लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका एक लाख १४ हजार ३१६ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै, मुलुकभर ३० हजार ५०६ जना क्वारेन्टाइनमा राखिएका छन् । सरकारद्वारा जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने दुई हजार ६ सय जनालाई सचेत गराएर छाडिएको, दुई हजार २३५ सवारी साधन तथा तिनका चालकलाई कारवाही गरिएको छ ।

    बैठकले खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुको आयातलाई नियमित र व्यवस्थित गर्ने निर्णय गरेको छ । यद्यपि, आवागमनमा कडाई र निगरानी पनि बढाउने भएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जानकारी समेत दिनुभयो । उहाँले कोरोना प्रभावित जिल्लाको रुपमा कैलाली, कञ्चनपुर र बाग्लुङमा द्रूत परीक्षण पद्दति ‘आरडिटी’ मार्फत् परीक्षण गरिने जानकारी दिनुभयो । त्यस्तै, ‘आरडिटी’ परीक्षणमा ‘पोजेटिभ’ देखिएकालाई ‘पीसीआर’ मेशिनबाट विस्तृत परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । उहाँले डोटी, जुम्ला र अछाम जिल्लामा पनि ‘आरडिटी’ परीक्षण अगाडि बढाउने जानकारी दिनुभयो

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…