•  

    ओखलढुंगा– नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमणविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।

    नेता खतिवडाले जिल्लाका सबै स्थानीय तहलाई मास्क, पीपीई, साबुन, पञ्जालगायतका सामग्री स्थानीय तहलाई उपलब्ध गराउनेछन् । उनले सोमबारदेखि स्थानीय तहका प्रमुखहरूलाई स्वास्थ्य सामग्री जिम्मा लगाउन शुरु गरेका छन् ।
    खतिवडाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकालाई मास्कलगायतका सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    व्यक्तिगत खर्च र पहलमा ९ हजार मास्क, २५ वटा पीपीई र हात धुने साबुन, पञ्जालगायतका सामग्री उनले वितरण गरेको जनाएका छन् ।

    कांग्रेस नेता खतिवडाले ८ वटा स्थानीय तहलाई १ हजारका दरले मास्क र ३ वटाका दरले पीपीई वितरण गर्ने योजना बनाएको बताए ।जिल्लामा रहेको एउटा जिल्ला कमाण्ड पोष्टलाई १ हजार मास्क, एउटा पीपीई, साबुन, पञ्जालगायतका सामग्री समेत उनले दिने तयारी गरेका छन् ।

    सोही अनुरुप उनले सोमबार जिल्लाका दुई वटा गाउँपालिकाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
    खतिवडाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकालाई १ हजार मास्क र ३ वटा पीपीई हस्तान्तरण गरेका छन् ।

    खतिवडाले लिखु गाउँपालकालाई पनि सोही संख्यामा सामग्री पठाएको बताए । उनले गाउँपालिकालाई हात लाग्ने गरेर सामग्री र लिखुवासीलाई चिठी समेत पठाएको बताए ।

    खतिवडाले अन्य स्थानीय तहलाई सामग्री वितरण गर्नका लागि भोलि अर्थात मंगलबार ओखलढुंगा आउने तयारी गरेको बताएका छन् ।

    उनले जिल्ला रहँदा केही स्थानीय तहमा सामग्री हस्तान्तरण गर्न आफैँ जाने योजना समेत बनाएका छन् ।
    उनले जिल्ला सदरमुकाममा सिद्धिचरण नगरपालिका र जिल्ला कमाण्ड पोष्टलाई पनि सामग्री हस्तान्तरण गर्ने तयारी गरेको जनाएका छन् ।

    विपदमा रहेका ओखलढुंगेलीलाई राहत स्वरुप आफूले सकेको जति सहयोग गरेको खतिवडाले प्रतिक्रिया दिए ।
    उनले सुखदुःख जतिबेलै सधैँभरि ओखलढुंगेलीसँगै रहने समेत प्रतिबद्धता जनाएका छन् । ‘केही माननीयहरू सरकारले पठाएका मास्क बोकेर मैले ल्याएको भन्दै जिल्ला पुगेको सुनेको छु’, खतिवडाले भने, ‘म त्यस्तो गर्दिनँ । आफ्नै खर्चमा स्वास्थ्य सामग्री ल्याएको छु ।’

    जितेका सांसदहरूले सबैसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा त्यसो नभएको खतिवडाको भनाई छ । ‘यो घडी भनेको तेरो मेरो भनेर बस्ने समय होइन’, उनले भने, ‘चुनावका दिन राजनीति गरौँ अहिले राजनीतिभन्दा माथि उठेर कोरोनाको सबैले सामना गरौँ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…