• चैत २५, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरापलिका वडा नम्वर ४ ले मंगलवार लकडाउनको पिडामा रहेका ज्याला मजदुरी गरि जिवीको पार्जन गर्ने आफ्ना नगरीकलाई राहत वितरण गरेको छ ।
    राहत वितरण गर्ने क्रममा वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले जारी गरेको निर्देशनको खिल्ली उडउदै हुलहुज्जतका साथ राहात वितरण गरेका थिए ।
    मन्त्रालयको निर्देशनमा भनिएको छ–“राहत वितरणको क्रममा लिएको फोटो तथा भिडियोलाई केवल सस्थागत अभिलेखको रुपमा मात्र प्रयोग गर्नु सामाजिक संजालमा अनाआवश्यक प्रचार नगर्नु”। भन्ने मन्त्रालयको निर्देशनलाई खिल्ली उडाउदै अध्यक्ष आफै कोरोना संक्रमण फैलाउन उद्ध्त देखिएका छन् ।


    यति मात्र भएन सोही दिन स्थानिय केही युवाहरु राहतको माग गर्दै राहत वितरण स्थलमा पुगे त्यहा दुवै पक्ष विच विवाद उत्पन्न भयो र ५ जना युवा इलाका प्रहरीको हिरासतमा रात काट्न पुगे ।
    स्थानिय नवराज तामाङ्ग मंगलवार विहान इलाका प्रहरी कार्यालयमा भन्दै थिए राहात लिन गएको म अहिले सम्म भोकै छु, राहात त के पाइयो र वरु उल्टै एक रात प्रहरी खोरमा वस्नु प¥यो ।
    उनी मात्र हैन पथरीशनिश्चरे ४ कै पुर्ण वहादुर राई, घनश्याम राई, टिकाराम थापा र धनवहादुर थापाले राहत बाड्न अवरोध गरेको वडाध्यक्षले प्रहरीमा जानकारी गराएपछि उनिहरुले इलाका प्रहरी कार्यालय पथरीमा रात काट्नु प¥यो ।
    नवराज श्रमीक हुन् । घर वनाउने काम गर्ने तामाङ्गको नाम राहात पाउनु पर्ने लिष्टमा नभएपछि उनी राहात दिलाइदिन आग्रह गर्दै स्थानिय जनकल्याण स्कुलमा पुगेका थिए ।
    सोमवार वडा कार्यालयले उपलव्ध गराएको राहात वाडिएपछि केहि राहातका पोका वाकि भएको थियो । सोहि राहातलाई स्थानिय जो व्याक्तीले राहात पाउनु पर्ने हो तर नपाएका भए वितरण गर्न पुर्ण वहादुर राई लगायतका युवाले आग्रह गरे ।
    राहात नसकिएकाले त्यहा भएको राहात अन्य तिर लग्नु भन्दा त्यहा रहेकालाई वाडन केहि युवाले आग्रह गरे । तर वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले वाकी रहेको राहातको जिम्मा आफ्नो भएको र त्यो नबाड्ने अड्डिलिए ।


    घटना त्यतीमै सकिएन वडा अध्यक्ष भण्डारीले प्रहरी वोलाए अनि ५जनालाई प्रहरीले नियन्त्रणमा लियो । राहात वितरणमा सहयोग गर्न गएका र राहात पाइन्छ कि भन्ने आशले पुगेका ५ जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखीयो ।
    साझ तिर प्रहरी नियन्त्रणमा लिइएका ५ जनालाई राती १० वजे इलाका प्रहरी कार्यालयमा ल्याइयो ‘राती भोकै वसियो विहान मात्र चिया पाइयो’तामाङ्गले भने ‘राहात नै माग्न गएको हु अपराधी जस्तै व्यावहार अध्यक्षले गर्नु भयो’।
    पिडीत भएका पुर्णवहादुर राईले भने वडा अध्यक्षले मनोमानी रुपमा राहात वाडेको र श्रम गरि खानेलाई पनि राहात वडानु पर्ने माग राख्दै गर्दा प्रहरी वोलाएर थुनाएको वताए । ‘खै के कारण वहाले यस्तो गर्नु भयो त्यो वारेमा वडा अध्यक्षले जवाफ दिनु पर्छ ’।
    इलाका प्रहरी कार्यालयमा मंगलवार विहान पथरीशनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई,नेकपा पथरीशनिश्चरे इन्चार्ज दिननाथ तिम्सिना लगायत पुगेर पक्राउ गरिएका युवालाई रोहवारमा छुटाइएको छ । वडा अध्यक्ष भण्डारीले ति युवालाई वुझेका थिए ।
    प्रहरी लगाएर युवा पक्राउ गराइएपछि वडामा वडा अध्यक्ष भण्डारीको चर्काे विरोध भएको थियो ।
    भण्डारीले भने मादक पदार्थ सेवन गरेर आएका युवाले राहात कार्य भाडन खोजेकाले प्रहरीको जिम्मा लगाएको वताएका छन् । भने प्रहरीले पनि युवाहरुले मादकपदार्थ सेवन गरेको कुरा बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…