• सोनिया गान्धीको पाँच बुँदे सुझाव


    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिपक्षी दल कांग्रेस आईसँग औपचारिक रूपमा सुझाव मागेपछि पार्ट अध्यक्ष सोनिया गान्धीले पाँच बुँदे सुझाव दिएकी छन् । पार्टीका तर्फबाट गान्धीले दिएको सुझावमा दुई हजार करोडमा बन्न लागेको संसद्को नयाँ भवन स्थगित गर्न, स्वास्थ्य मन्त्रालयबाट दिइने स्वास्थ्यसम्बन्धीबाहेकका सरकारी विज्ञापन रोक्न, अत्यावश्यकबाहेकका भ्रमण रोक्न, प्रधानमन्त्री फन्ड स्थगित गरी प्रधानमन्त्री राष्ट्रिय राहत कोष मात्र सञ्चालन गर्न, सरकारी खर्चमा ३० प्रतिशतले कम गर्न सुझाव दिएकी छन् । भारत सरकारले विज्ञापनमा १२५० करोड, विदेश भ्रमणमा ३९३ करोड खर्च गर्दै आएको छ भने प्रधानमन्त्री कोषमा तीन हजार आठ सय करोड रकम संचित छ ।

    यसअघि भारत सरकारले सबै सांसदहरूको तलब एक वर्षका लागि ३० प्रतिशतले कटौती गर्ने र साथै सांसद विकास कोषका लागि छुट्याइएको रकम पनि कोरोना कोषमा हाल्ने निर्णय गरेको थियो । काँग्रेस आईकी अध्यक्ष गान्धीले उक्त निर्णयको स्वागत गरेकी थिइन् । भारतमा हाल पाँच सय ४३ संघीय सांसद छन्, जसमाथि भारत सरकारले सन् २०१९ मा तीन अर्ब ४२ करोड ४० लाख रुपैयाँ लगानी गरेको थियो । यसको ३० प्रतिशत एक अर्ब २ करोड ७२ लाख रुपैयाँ हुन्छ । यसैगरी, सांसद विकास कोषका लागि छुट्याइएको एक खर्ब २६ अर्ब ४० करोड रकम अब कोरोना कोषमा जानेछ ।

    छिमेकी मुलुक भारतले लिएको यो निर्णयसँग नेपालमा मन्त्रिपरिषद् बैठक बसेको थियो । तर जनतामा सकारात्मक सन्देश जानेगरी कुनै निर्णय नआएपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । हाम्रा सबै तह र तप्काका सांसदहरूले पनि समान पहल गर्ने हो भने सजिलैसँग साढे आठ अर्ब नेपाली रुपैयाँ बराबरको कोष खडा हुने देखिन्छ । तर आज बिहान प्रधानमन्त्रीबाट भएको सम्बोधनमा त्यसको कुनै छनक पाइएको थिएन ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले आगामी दुई साता हाम्रा लागि जोखिमपूर्ण भएको बताएका थिए । मंगलबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन आग्रह गरेका थिए । ‘सरकारले थप आठ दिन लक डाउन थपेको छ । यस अवधिमा पनि तपाईंहरूको सहयोगका लागि आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…