•  

    बिराटनगर । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नेपालमा कार्यरत भारतीयसहित विदेशी डाक्टरहरुलाई पनि स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउँन माग गरेका छन् । नेपालका बिभिन्न अस्पतालमा सयौंको संख्यामा भारतीयसहित बिभिन्न मुलुकका डाक्टरहरु बर्षैअघिदेखि कार्यरत रहेकाले उनीहरुलाई पनि स्वास्थ्य वीमासहित स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउँन डा.शर्माले माग गरेका हुन् ।

    विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्यकर्मीहरु नै अग्रपंतिमा हुँने र उनीहरु उच्च जोखिममा हुँने भएकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाएर काममा प्रोत्साहन गर्नुपर्ने डा.शर्माको माग छ । ‘कोरोना रोकथाम र संक्रमितसँगको फन्ट लाईनमा डाक्टरहरु नै हुन्छन् । यहाँ स्वदेशी मात्र नभई विदेशी डाक्टरहरु पनि धेरै छन् ।’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ‘यस्तो बेला स्वदेशी विदेशीवीच फरक नछुट्याई सवै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएर प्रोत्साहन गर्नुपर्छ ।’

    फरक प्रशंगमा उनले अहिले स्वदेशमै रहेकामा पनि संक्रमण देखापरिसकेकाले अब स्वाब परिक्षणको मात्रा बढाउँनुको विकल्प नभएको दावीसमेत गरे । उनले भने–‘लक्षण नदेखिदै पनि संक्रमण भईसकेको हुनसक्छ । यस्तो अवस्थामा धेरै भन्दा धेरै व्यक्तिको परिक्षण गर्नु पर्छ ।’ संभावित महामारी रोकथामका लागि मुलुकका अधिकांस जिल्लामा परिक्षण गर्ने व्यवस्था मिलाएर हजारौं व्यक्तिको परिक्षण गर्ने वातावरण मिलाउँन डा.शर्माको सुझाव छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…