युबराज रेग्मी २५ चैत्र ,गौरादह / बिश्वभर महामारिको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाट बच्न देसभर लक डाउन गरिएको अवस्थामा देसभरका अस्पताल हरुमा आउन सक्ने रगतको अभाब लाई मध्यनजर गर्दै आज चैत्र २५ गते मङलबार झापामा अवस्थित नेपाल रेडक्रस सोसाइटी उप- साखा कार्यालय गौरादह रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । लक डाउनका बाबजुद भाइरस संक्रमण बाट बच्न उच्च सतर्कताका साथ आयोजित रक्तदान कार्यक्रममा ६ महिला र ५० पुरुष बाट ५६ पिन्ट रगत संकलन गरिएको थियो ।
सस्थागत सामाजिक उत्तरदायित्व(CSR) वहन गर्दै नेपाल रेडक्रस सोसाइटी उप-साखा कार्यालय गौरादहको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्र बिर्तामोडको प्राबिधिक सहयोगमा गौरादह बजार परिसरमा रक्तदान कार्यक्रम सन्चालन गरिएको थियो ।
२५ जनाभन्दा कमको समूहमामात्रै भेला हुन सरकारले गरेको आह्वान अनुरूप समय ब्यबस्थापन गरेर रक्तदान कार्यक्रम संचालन गरिएको थियो ।