• काठमाडौं । कोरोना भाईरस (कोभिड -१९)ले मुलुकको को मेरुदण्ड मानिने बैंकिङ क्षेत्र सहित अर्थतन्त्रमा गम्भिर असर पार्ने देखिएको छ ।

    हुन त यस महामारी कोरोना भाईरसले विश्वकै अर्थतन्त्रलाई पछाडि धकेल्ने भएको छ ।

    कोरोना भाईरस संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरिरहेको बेला शेयर कारोबार बन्दसँगै मुद्दती खाताको ब्याज घटाउने विषयले निकै चर्चा पाएको छ ।

    ब्याज घटाउने विषयले त अर्थ क्षेत्रनै प्रभावित हुने आंकलन गरिएको छ ।

    व्यवसायिक रुपमा लाग्ने शेयर कारोबारीहरु तनावमा परिरहेको समयमा बाणिज्य बैंकमा मुद्दती खाता खोली रकम जम्मा गर्नेहरु समेतलाई आहात पर्ने भएको छ ।

    बैंकर एसोसिएसनका अध्यक्ष एबं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहालको अध्यक्षतामा बसेको तिन महिना अघिको बैंठकले मुद्दती खाताका बचत कर्ताको ब्याज नघटाउने भनिए पनि नयाँ गर्भनर महाप्रसाद अधिकारी नियुक्तीसँगै डेढ प्रतिशत ब्याज घटाउने रणननिति अख्तियारी भएको भन्दै खैलाबैला मच्चिन थालेको हो ।

    ब्याज घटाउने रणननितिमा नयाँ गर्भनर महाप्रसाद अधिकारीको हात नभएपनि यो निर्णयले उनलाई पहिलो गासमै ढुंगा भने जस्तै भने पक्कै हुने भएको छ ।

    नयाँ वर्षदेखि सर्वसाधारणले बैंकमा राखेको पैसाको ब्याज कम पाउने पक्कापक्की भएको छ ।

    पछिल्लो समय बैंकर एसोसिएसनका अध्यक्ष एबं सिइओ भुवन दाहालसहित वाणिज्य बैंकहरूका सिइओहरूले अनौपचारिक बैठकले सबै मुद्दती र बचत खाताको साथै ऋणको ब्याजदर घटाउने निर्णय गरे ।

    सरकारका तर्फबाट तत्काल कुनै सहयोग नहुने देखेपछि यस्तो तयारी गरिएको हो । सबै जसो ठुला भनिएका बैंकहरुले बचत र मुद्दती खाताको डेड प्रतिशत ब्याज दर घटाउने भद्र सहमति गरेका हुन्।

    एकातर्फ बाणिज्य बैंकको संख्यात्मक नभई गुणात्मक विकासका लागि बैंक तथा वित्तीय संस्थालाईको मर्जर नीतिनै अन्योलमा परिरहेको अवस्थामा कोरोनाले आक्रान्त बनेका बचतकर्ता सेवाग्राहीलाई डेढ प्रतिशत ब्याज घटाउने कुराले तनाब बढाएको छ ।

    उता बचतकर्ताको ब्याज घट्दो गराउने कार्यनीतिले बैंकहरुलाई 'क्यास'को समस्या हुने बैंकरहरुनै बताउछन् ।

    बैंकिङ क्षेत्रमा पछिल्लो समय शेयर बेच्न पनि नसकिने बैंकको ब्याज समयमै तिर्नु पर्ने ।

    बैंकिङ क्षेत्रका विज्ञ भनेर चिनिने गर्भनर अधिकारीले ब्याज घटाउने तरखरलाई नै प्राथमिकता दिएकाले ब्यवस्थापन गर्न असहज हुने अर्का एक बैंकर बताउछन् ।

    यसरी ब्याज घटाइए मुद्दती बचतकर्तालाई अन्याय हुने ठहर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…