•  

    काटमाडौं । सरकारले निर्देशन गरेको लकडाउन उलंघन गर्दै रातारात सनराईज बैंकका सीइओ जनक शर्मा पौड्याल नव नियुक्त गर्भनर महाप्रसाद अधिकारीको निवासमा किन पुगे ?

    अहिले सरकारले पूर्णरुपमा हाम्रो देश नेपाललाई लकडाउन गरेको छ । सबै नेपाली घरमै बसी रहेको अवस्था छ । तर, एउटा बैंकको सीइओ रातारात लकडाउनको उलंघन गर्दै नव नियुक्त गर्भनर महाप्रसाद अधिकारीलाई बैंकको टिमनै लिएर पुगेको एउटा तस्बीरबाटै प्रस्ट भएको छ ।

    भनिन्छ, नेपाल राष्ट्र बैंक वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको नियमनकारी निकाय हो ।

    कथा मिठो छ । एउटा सबै विवादमा फस्दै आएको माडवारी समुदायको ठूलो लगानी रहेको वाणिज्य बैंक सनराईज बैंकका सीइओ ग्लोबल आईएमई बैंकबाट आफूसंगै लिएर आएका आरती राणा, रबिन्द ढकाल सहित सीइओ जनक शर्मा पौड्याल रातारात १० बजे राती लकडाउनको समय नब नियुक्त गर्भनर अधिकारीलाई फूलको गुच्चा लिएर बधाई दिन पुगे र फेसबुकमा फोटो शेयर गराए । कस्तो अचम्म, कस्तो चाकरी ? बंकरहरु विच चर्चाको बिषय बनेको छ ।

    भोली पनि दिन आउने थियो होला नि । किन पहिलो स्थान सुरक्षित गर्ने व्यक्ति बन्न पुगे सीइओ जनक शर्मा पौड्याल एक बैंकरले प्रतिक्रिया दिए ।

    नवनियुक्त गर्भनर महाप्रसाद अधिकारी आफैमा राम्रा मान्छे हुन् । त्यसमा दुई मत छैन । राष्ट्र बैंकमा ३० वर्ष विताएका उनीले कहिले पनि बैकिङ्ग सुशासनमा सम्झौता गरेका छैनन् । यि र यस्ता व्यक्तिलाई प्रभावमा पार्न नियमक निकायका उच्च कर्मचारीको घर जानु कति उचित हो ? गर्भनर अधिकारी ज्यू, अव यसको उत्तर तपाईले नै हाम्रा पाठकलाई दिनु पर्ला ।

    सनराईज बैंक पुगेका सीइओ जनक शर्मा पौडेलले देशमा विशम अवस्थामा आईपरेको कोरोना भाईरस बिरुद्ध लड्न केही औषधी र उपचारका सामग्री राज्यलाई दिए । यसको म पंक्तिकार सलाम गर्दछ । तर फोनबाट बधाई दिनुको सट्टा रातारात आफ्नो जम्बो टोली बोकी त्यो पनि लकडाउनको चर्को उलंघन गर्दै किन पुगे गर्भनर अधिकारीको निवास अहिले यस विषय बजारमा चर्को बहसकाु विषय भनेको ।

    नेपालमा २७ वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीका सीइओ छन् । तर, उनीहरु सपथ कार्यक्रममा पुगेका, देखिएका छैन । राष्ट्र बैंकमा नव नियुक्त गर्भनर अधिकारीले कार्यवहार सम्हाल्दा पुगेका देखिदैन । तर, सनराईज बैंकका सीइओ पौड्याल चाहि गर्भनर निवासमा त्यो पनि राती किन ?

    जबकी सरकारले अनावस्यक भेटवार्तामा रोक लगाएको छ । आफ्नो साथी त्यो पनि संगै ग्लोबल आईएमई बैंकमा काम गरेका निरज श्रेष्ठले सनराईज बैंकमा नियुक्ती पाईसकेका बेला केही झोले पत्रकारको बुई चढी सञ्चालक बीच विवादका समाचार लेखाएर सनराईज बैंकको सीइओ पद ४ वर्ष पक्का गरेका पौड्यालको यस घटनालाई लिएर गर्भनरको अफिसको उच्च स्रोतले भन्योः– बैंकको रफादफा बिग्रेको नभए उनी किन पुगे रातारात गर्भनरको निवासमा अरु २६ सीइओले त फोनबाटै बधाई दिए रु कारण तपाई पत्रकारले खोज्नु, बधाई दिने भेट्ने परम्परा होला नि । नियमनकारी निकाय प्रमुखलाई भन्दै उनीले फोन राखे । सचेत भया ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…