•  

    काठमाडौँ, चैत २६ गते । सातवटै प्रदेशका कोरोना भाइरस (कोभिड १९)का प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभयो । उहाँका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उहाँले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताउनुभयो ।

     

    उहाँले उपत्यका र उपत्यकाबाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भइरहेको भन्दै सातवटै प्रदेशका प्रयोगशालामा नियमित परीक्षण भइरहेको स्पष्ट पार्नुभयो ।
    प्रवक्ता डा. देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोबाइल एप्समा पछिल्लो २४ घण्टामा एक हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको जानकारी दिनुभयो । उहाँले तीमध्ये १७ जना व्यक्तिलाई रेड जोनमा राखिएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य एपमा हालसम्म ११ हजार २३९ जनाले नाम दर्ता गराएकोमा १७२ जना रेड जोनमा छन् ।
    देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म एक हजार ७९६ जनाको नमुना परीक्षण गरिएको पनि जानकारी दिनुभयो । उहाँले यसअघि पोजेटिभ देखिएका आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । कञ्चनपुर र कैलालीमा तीव्र परीक्षण अर्थात् ¥यापिड टेस्ट भइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म कञ्चनपुरमा २१ र कैलालीमा १८ नमुना सङ्कलन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…