• काठमाडौं, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी यो परिस्थितिमा सबैभन्दा जोखिममा रहेको सर्वविदितै छ । यद्यपी उनीहरुले उपचार गर्नुको विकल्प पनि नभएकाले कोरोनासँगको लडाइँमा चिकित्सकलाई अग्रमोर्चाको सिपाइ नै मानिएको छ ।

    त्यसमाथि पर्सनल प्रोटेक्भिट इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा किटको अभाव अझै टरेको छैन । तैपनि जोखिम मोलेर स्वास्थ्यकर्मीहरु कार्यक्षेत्रमा खटिइरहेका छन् । सरकारले पनि सुरक्षा सामाग्री जुटाउन प्रयास गरिरहेको छ भने शतप्रतिशत भत्ता दिनेदेखि २५ लाखसम्मको जीवन बीमा गर्ने निर्णय गरेको छ ।

    तर धरान उपमहानगरपालिकाले भने राहत बाँड्नका लागि भन्दै तिनै स्वास्थ्यकर्मीसँग तलब मागेको छ । मेयर तिलक राई आफैंले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिलाई पत्र लेखेर प्रतिष्ठानमा कार्यरत डाक्टर लगायतका कर्मचारीको १० दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

    धरानका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालले स्वास्थ्यकर्मीलाई कोषमा रकम जम्मा गर्न आग्रह गर्दै पत्र पठाएको स्वीकार गरे । उनले भने, ‘अनिवार्य भनेको होइन, अनुरोध चाहिँ सबैलाई गरेका हौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…