• बेलवारी संवाददाता
    मोरङको बेलवारी स्थीत रहेको श्रमिक महिला समुह स्थापनाको छोटो समयमा नै निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय महिलाहरुको हकहित र क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापना भएको यस समुह प्रकृतिक बिपत्तिमा परेका परिवारलाई सहयोग देखी लिएर निम्न आयवर्गका बालबालिकाको पठनपाठन लाई समेत ध्यानमा राखेर शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।
    २०७५ सालमा स्थापना भएको यस समुहमा ६० जना सदस्य रहेका छन् जसमध्ये नितु थापा कोईरालाको अध्यक्षतामा १३ जनाको कार्यसमिती छ । यसै समितिको सहयोगमा र अन्य महिला दिदिबैहिनी हरुको सहयोगमा बिभिन्न सिप सिकाई तथा चेतनामुलक कार्यक्रमहरु समेत गर्दै आएको समुहकी अध्यक्ष नितु बताउछिन् ।



    मुलुक यतिबेला कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रीरहेको र विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भईरहेको उनि बताउछिन् । संक्रमणको कारणले देश धेरै दिन देखी लकडाउनमा भएको र दैनिक ज्यालादारी मजदुर परिवारको लागी यस समुहले ५५ परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध समेत गराएको नितु बताउछिन् । अगामी दिनमा यस समुहलाई अझ सशक्त बनाउदै हरेक श्रमिक महिलाको पक्षमा उभिने नितु बताउछिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…