•  

    पथरी शनिश्चरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि १ लाख ११ हजार रुपैंया सहयोग गरेका छन् । निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुने गरी रकम प्रदान गरेका हुन् ।

    बिराटनगर स्थित आफ्नै निवासमा डा.शर्माले बुधबार पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईलाई नगद हस्तान्तरण गरेका छन् । पथरी शनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला, स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताए । ‘यो महामारीका बेला कोरोना भाईरसको संक्रमण रोकथामका लागि हामीले अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराएर सक्दो भूमिका निर्वाह गरिरहेका छौ । नगरस्तरमा पनि सहयोग गरौं भनेर रकम प्रदान गरेको हुँ ।’ डा.शर्माले भने ।

    डा.शर्माले यसअघि पनि गरिब, बिपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले त्यस्ता हजारौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । कोरोना संक्रमण रोकथामका लागि पनि डा.शर्माले भूमिका निर्वाह गर्दै आएका छन् । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेललाई कोरोना उपचार केन्द्र बनाउँन दिने घोषणा गरेर डा.शर्माले सरकारलाई लिखित पत्रसमेत पठाएका छन् ।

    कोरोना संक्रमण रोकथामकै लागि डा.शर्माले पूर्वी नेपालमै पहिलो पटक अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएका छन् । उनले कोरोनाको संभावित महामारीबाट बच्न सर्वदलिय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउँनुपर्ने आवज पनि उठाउँदै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…