• चैत २६, पथरी ।
    कोरोना भाइरस संक्रमण रोकथामका लागि पथरी शनिश्चरे नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा नोबेल शिक्षण अस्पतालका संचालक डा. सुनिल शर्माले १ लाख ११ हजार रुपैया सहयोग गरेका छन् ।
    बुधवार विराटनगर स्थित आफ्नै निवासमा शर्माले नगरपालिकाका मेयर दिलिप कुमार राईलाई प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद धमला र स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको उपस्थितिमा सो नगद हस्तानातरण गरेका हुन ।
    कोरोना भाइरसको संक्रमणको जोखीम दिन प्रतिदिन नेपालमा बढ्दै गएकाले रोकथामका लागि सहयोग पु¥याउन रकम प्रदान गरेको शर्माले बताए ।
    कोरोना संक्रमण रोकथामकै लागि शर्माले प्रदेशमै पहिलो पटक अस्पतालमा कार्यरत सवै स्वास्थ्यकर्मीलाई पीपीईको व्यावस्था मिलाएका छन् । भने उनले कोरोनाको आउन सक्ने महामारीबाट बच्न सर्वदलिय संयन्त्र निर्माण गर्नुपर्ने र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने माग पनि गर्दै आएका छन् ।

    नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको छ ।

    ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म ८ लाख १७ हजार १ सय १२ रुपैयाँ जम्मा भएको हो ।
    राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

    दाताहरुको नामावली ः ‘.

    १, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार

    २, लर्डबुद्ध साकोस (प श, २ ) २० हजार १

    ३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार

    ४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार

    ५, रोशन खरेल (प श, ९) १० हजार

    ६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार

    ७, मनकामना साकोस . (प श १) २१ हजार

    ८, काँशीराज राई ( प श ७, ) १० हजार

    ९, अनोज घिमिरे ( प श १०, ) १० हजार

    १०, हरिराज प्याकुरेल ( प श १) ५ हजार १ सय

    ११, उत्साही साना किसान सहकारी संस्था (प श)

    ( कृषि विकास बैंकमार्फत) २५ हजार

    १२, शनिश्चरे साकोस ( प श ९) १५ हजार

    १३, रञ्जित मगर, अमृता मगर ( प श ९) ३ हजार

    १४, तलेजु साकोस ( प श ९) १० हजार

    १५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…