उर्लाबारी/उर्लाबारी नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य सामाग्री सहितका पसल खुल्ने समय परिवर्तन गरेको छ ।
दिनमा दुई पटक पसल खोल्दा बजारमा भीडभाड बढेकाले एक पटक मात्र खोल्ने निर्णय गरेको हो ।
मंगलबार नगर प्रमुख खड्ग फागोको अध्यक्षतामा बसेको बैठकले अति आवश्यक सेवा एवं दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्ने पसलहरू दैनिक बिहान ६–१० बजेसम्म मात्र खुल्ने निर्णय गरेको छ ।
बैठकले पसल खोल्ने निर्णय परिवर्तन सँगै लकडाउनको अवधिमा नगरमा विभिन्न धार्मिक मठ मन्दिर, गुम्बा, चर्च र मस्जिद आदिमा हुने धार्मिक तथा सामाजिक भेला गर्नसमेत नपाउने निर्णय गरेको । यसअघि चैत्र १८ गतेको कार्यपालिकाको बैठकले अति आवश्यक तथा दैनिक उपभोग्य सामाग्रीका पसलहरू दैनिक बिहान ७ देखि ९ र बेलुका ४ बजेदेखि ७ सम्म खोल्ने निर्णय गरेको थियो ।
https://www.youtube.com/watch?v=0VhB7ZiHxT8&feature=youtu.be&fbclid=IwAR2_e1ePKQVm-3tS0bXInq8AZp4gY_2I5qFwMfwOhT-_1oAlLDkEoDny3yM