काठमाडौं । त्रेतायुगमा जब भगवान् श्रीरामको राज्याभिषेक भइरहेको थियो तब लक्ष्मणलाई हाई आउन थाल्यो । जब निन्द्र आउन थाल्यो तब लक्ष्मण हास्न थाले ।
लक्ष्मणलाई अकारण हासेको देखेर भगवान् राम क्रोधित हुनुभयो । तब हुनुमानले भने, 'महाराज ! पहिले तपाई लक्ष्मणलाई सोध्नुहोस उनि किन हाइ गर्दै हासे फेरी जे तपाई उचित सम्झनुहुन्छ त्यसै गर्नुहोला ।'
भगवान श्रीरामले लक्ष्मणलाई बोलाएर सोध्नुभयो, 'लक्ष्मण तिमी किन हासेको ?
लक्ष्मणले भने, 'भगवान् मलाई तपाईसँग चौध बर्षसम्म वनवासमा रहदा निन्द्रा आएन । दिनरात केहि नखाइ तपाईको अगाडि रहेर पहरा दिइरहे तर आज जब तपाईको राजतिलक भइरहेको छ तब मलाई हाई आउन थाल्यो निन्द्राको झट्का आउन थाल्यो यो देखेर मलाई हासो लाग्यो । म सोच्न थाले हे निन्द्रा देवी चौध बर्षसम्म तिमीले मलाई सताएनौ आज सबै कार्यको समापन हुन गइरहेको छ । भगवान्को राजयाभिषेक भइरहेको छ । तिमी ममाथि आक्रमण गरिरहेकी छौ ।'
तब भगवानले भन्नुभयो, 'मैले तिमीलाई एक दिन प्रसादको रुपमा एक केरा दिएको थिए । फेरी तिमी कसरी भन्दैछौ कि तिमीले केहि खाएनौ ।'
लक्ष्मणले आफ्नो जांघबाट केरालाई निकालेर भने, 'प्रभु यही त्यो केरा हो ।' त्यति भनेर उनले केरा खाए ।
लक्ष्मणको यस्तो निष्ठापुर्ण भक्ति देखेर भगवान रामले अँगालो हाल्दै भन्नुभयो, ' भाइ लक्ष्मण यस जन्ममा त म तिम्रो यस सेवाको ऋण चुकाउन सक्दिन तर अर्को जन्म द्वापारयुगमा श्रीकृष्ण रुपमा जब म आउनेछु तब तिमी मेरो दाजु बलराम बन्नेछौ । तब म तिम्रो भाइ बनेर तिम्रो ऋण तिर्नेछु ।'
भगवान श्रीरामले भने अनुसार द्वापरयुगमा लक्ष्मण बलरामको रुपमा आउनुभयो । श्रीरामले श्रीकृष्ण रुपमा भाइ लक्ष्मणको सेवा गरेर ऋण तिर्नुभयो ।
वास्तवमा भगवानप्रति जो थोरै पनि भक्ति राख्छ । भगवान त्यसलाई कयौ गुणा बढाएर उसलाई फिर्ता गर्नुहुन्छ । तव भगवानले भन्नु भएको छ ।
हम भक्तो के दास और भक्त हमारी आखो मे ।
पल भर न नजर से दुर करु यह शिफ्त हमारी आखो मे ।।
साचै जुन भक्त आफ्नो सेवा, त्याग र तपस्याबाट प्रभुलाई रिझाउन सक्छ । उनलाई आफ्नो बनाउन सक्छ । उ सधै सधैको लागि प्रभुको आँखामा बस्छ ।