• महेन्द्र थेगिम
    टाँडी । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणकाल लागि मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष र सदस्यहरु आफ्नो तलब सुविधाबाट वडावासीलाई माक्स वितरणका साथैं स्वास्थ्य परिक्षण गराईदिएका छन् ।
    मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रुद्रप्रसाद लिङ्देन अनिल, वडा सदस्य कुमारी मगर,चन्द्र धमाला,गंगा राई र फुलमाया नेपाली वडावासीलाई कोरोनाबाट जोगाउन वडा स्वास्थ्यकर्मी सहित घरघर पुगि स्वास्थ्य जाँच गर्दै माक्स बितरण गरेका हुन् ।

    अध्यक्ष लिङ्देनले दुई महिनाको सेवा सुविधाको तबलभत्ता र सदस्यहरुले एक महिनाको सुविधाबाट उक्त सहयोग गरेका हुन् ।
    तिन ४ हजार व्यक्तिको स्वास्थ्य चेकजाँच गर्दा केहिमा नर्मल ज्वरो बाहेक सबैको स्वास्थ्य फिट एण्ड फाईन देखिएको थियो ।

    सोहि अबसरमा जनप्रतिनिधीहरुले कोरोना भाईरसबाट बच्न साबुन पानीले मिचिमिची हातधुने,क्वारेन्टाइनमा बस्ने लगायतको विषयमा सचेतना समेत दिएको र साबुन पानीले हात धुने भनेर सिकाएका थिए

    वडा अध्यक्ष अनिलले जनताले  आफ्नो सेवा गर्न जिताएकोले माहामारीमा सेवा सुविधाको लोभ नगरी सहयोग गरेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…