•  

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तीव्र आलोचना गर्दै अमेरिकाले दिने सहयोग रोक्ने चेतावनी समेत दिएका छन् ।

    मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ कोरोना भाइरस प्रकोपको समयमा खराब सल्लाह जारी गरेको आरोप लगाउँदै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत् डब्लुएचओको कार्यशैली प्रति आक्रोश पोखेका छन् । स्वास्थ्य संगठनले अमेरिकालाई नराम्रो सल्लाह दिएको आरोप लगाएका छन् ।

    ट्रम्पले संगठनको पूर्वसल्लाह अस्वीकार गरेर चीनसँगको नाका बन्द गरेकोमा भाग्यवस् ठानेका छन् । ‘उनीहरूले यसलाई गलत भनेका छन्’ राष्ट्रपति ट्रम्पले मगंलबार वाइट हाउसमा भनेका थिए, ‘तर अब हामी संगठनलाई दिँदै आइरहेको कोष कटौती गर्नेछौं । यसले ठूलो क्षति पुग्छ, परिणाम नियाल्ने छौं ।’

    संयुक्त राज्यका प्रवक्ता स्टेफेन डुज्यारिकले पनि ट्रम्पको आलोचना अस्वीकार गरेका छन् । उनका अनुसार संगठनले डिरेक्टर जेनरल ट्रेडस एड्हानोमको नेतृत्वमा कोरोनाको महामारीमा विभिन्न देशलाई ठूलो सहयोग र्पुयाउँदैछ ।

    उनले भनेका छन्, ‘विभिन्न देशहरूमा लाखौं उपकरण सहयोग गर्दै आइरहेका छौं । विश्वव्यापी दिशानिर्देशकहरू देखाउने सन्दर्भमा संगठनले अन्तराष्ट्रिय स्वास्थ्य प्रणालीको शक्ति देखाउँदै छ,’ उनले थप भनेका छन् ‘कि संगठनले हालसालै संक्रमक र घातक रोगहरूसँग लड्न सफलतापूर्वक आफ्नो स्टाफहरू अग्रस्थानमा राखेर प्रशंसायोग्य काम गरेका छन् ।’

    राष्ट्रपति ट्रम्पले मगंलबार अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागका महानिरीक्षकलाई समेत आरोप लगाएका छन् । ट्रम्पले महानिरीक्षकलाई कोरोनाभाइरस प्रकोपको अग्रबिन्दुमा व्यक्तिगत सुरक्षा उपकरणको अभावले अमेरिकी अस्पतालहरूमा नक्कली कागजी उत्पादन गरेको आरोप लगाएका हुन् ।

    अमेरिकी विश्लेषकले राष्ट्रपति ट्रम्प इतिहाँसकै असफल राष्ट्रपति भएको बताएका छन् । कोरोना भाइरसले अमेरिकामा हज्जारौं नागरिक मरिरहँदा राष्ट्रपति ट्रम्पले कुनै ठोस योजना बनाउन नसकेको उनीहरुको दावि छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…