• उर्लाबारी, मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कुनै स्वास्थ्य समस्या देखिए अस्पतालसम्म लैजानका लागि निःशुल्क एम्बुलेन्सको व्यबस्था गरिएको छ ।
    संयुक्त एम्बुलेन्स चालक संघ मोरङले विपदको असहज अवस्थालाई मध्यनजर राख्दै क्वारेन्टाइनमा रहेकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।

    विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएपछि मोरङको टाँडीमा पहिलो प्रदेश स्तरीय क्वारेन्टाइन स्थल तयार भएको छ । नेपाली सेनाले टाँडीमा दुई सय जना अट्न सक्ने क्वारेन्टाइन स्थल निर्माण गरेको हो । हाल एकसय ५० बढि व्यक्तिहरु त्यहाँको क्वारेन्टाइनमा रहेका छन् । विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोना संक्रमणको आशंका हुनसक्ने भएकोले उनीहरुलाई सेनाको क्वारेन्टाइनमा राखिएको छ । सामाजिक उतरदायित्व अन्तर्गत क्वारेन्टाइनमा रहेकाहरु लाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको संघका मोरङ सदस्य एवं शेरबहादुर श्रेष्ठ प्रतिष्ठान एम्बुलेन्सका सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्य समस्या देखिएकालाई नजिकको स्वास्थ्य केन्द्र तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म लैजान एम्बुलेन्सहरु उपलब्ध छन् । यस्तै, उनीहरुको दैनिक स्वास्थ्य स्थिति ज्वरोको विवरण राखेर सम्बन्धित निकायमा त्यसको जानकारी पुर्‍याउने, अनियन्त्रित तवरले संक्रमण फैलिने अवस्था रोक्न, क्वारेन्टाइनका कति मानिसलाई ज्वरो आएको छ भन्ने कुराको लेखाजोखा गर्न र क्वारेन्टाइनको अवधिमा यथाशीघ्र सेवा सहयोग पुर्‍याउन सहयोग गर्ने श्रेष्ठले विश्वास दिलाए । पूर्वीमोरङमा मिक्लाजुङका पाँचवटा , पथरीका दुईवटा र उर्लाबारीका नौवटा एम्बुलेन्सले निःशुल्क सेवा दिने संयुक्त एम्बुलेन्स चालक संघ, मोरङका अध्यक्ष चन्द्र पराजुलीले बताए ।
    उता शेरबहादुर श्रेष्ठ प्रतिष्ठानका सञ्चालक अर्जुन श्रेष्ठले क्वारेन्टाइनमा बिमारी हुनेका लागि आफ्नो एम्बुलेन्स जतिबेलै तयारी अवस्थामा रहेको जनाए ।

    यता नैनसिंह खड्का एम्बुलेन्सका सन्चालक नरबहादुर खड्काले सुरक्षित तबरले सेवामा अहोरात्र खटिरहेको जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…