•  

    विराटनगर, चैत २६
    प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
    बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो । नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले संयत्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो ।
    कोरोना भाइसरको सक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कोरोना महामारी विरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै संकटका वेला सबै एक हुनुपर्ने बताउनु भयो ।
    राजनीतिक दलका नेताहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…