• विराटनगर। प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ ।
    होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४ सय ३२ छ । आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ । आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् ।
    कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
    तोकिएको मापदण्ड पुरा गर्न सरकारले कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो । स्थानीय रुपमा पालिकाहरुमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ ।
    प्रदेश १ मा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ३ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २९ महिला र १ सय १६ पुरुष थिए । ३० महिला र १ सय ३ जनाको पुरुषको रिर्पोट नेगेटिभ आएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…