• काठमाडौं : सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि गाडी खुलाउने कुनै निर्णय नभएको जनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्‍वर पोखरेलले त्यस्तो कुनै निर्णय नभएको बताएका छन्। यसअघि समितिले दुई दिन उपत्यकाबाट बाहिरिने गाडीलाई दुई दिन चल्न दिने भनेर कुनै निर्णय नभएको पनि पोखरेलले उल्लेख गरेका छन्। ‘भोलि र पर्सी (२८-२९ चैत) काठमाडौं प्रवेश गर्न नपाइने तर बाहिर जान भने खुला गर्ने निर्णय गरिएको' भन्‍ने समाचार सार्वजनिक सञ्‍चारमाध्यम खासगरी सामाजिक सञ्‍जालमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको', उनले भनेका छन्, 'यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको छ।'

     

    उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेलले प्रधानमन्त्रीले पनि देशवासीका नाममा गरेको सम्बोधनमा यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं', उनले भनेका छन्, 'यो कामलाई सरकारले मात्र नभएर आमनेपाली नागरिकले पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ।' उनले लकडाउनका बेला यस्तो गम्भीर निर्णय हुनै नसक्ने बताएका छन्। 'यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ?', उनले भनेका छन्,'जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु।'

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…