• युबराज रेग्मी २७ चैत्र झापा / कोरोना भाइरसको सम्भाबित संक्रमणका बाबजुद कृषकहरु युरिया मल लिनका लागि लाइनमा बस्न बाध्य छ्न । बिश्वभर महामारिको रुपमा फैलदैगएको कोरोना भाइरस कोभिड १९ को प्रकोपको सन्त्रासका बाबजुद कृषक हरु आफ्नो पायक पर्ने मल बितरक सहकारी तथा बिक्री केन्द्र हरुमा जताततै मल पाउने आसामा धाउन ब्यस्त रहेको देखिन्छ।

     

    बिगतमा जस्तै यश पटक पनि मुस्किल्लले कृशकहरुको माग भन्दा बजारमा न्यून युरिया मल उपलब्ध भए पछि कृशकहरु चिन्तित देखिन्छ्न । लक डाउनका बाबजुद मल बितरक हरुले ल्याएको सिमित कोटाको युरिया मल बितरण गर्न सहकारी तथा बितरक हरुलाई हम्मे हम्मे परेको देखिन्छ । बिगत झै माग भन्दा आपूर्तिकम हुने अवस्थाको निरन्तरताले मल नपाएर सयौ किसानहरु रित्तो हात फर्कन बाध्य भएका छन ।
    कम आपूर्तिका कारण मन बितरकहरुलाई मल बितरणमा समस्या रहेको पाइन्छ ।



    कृषि प्रधान देस भएता पनि कृषि उपजको उत्पादकत्व बढाउन आवस्यक पर्ने रासायनिक मल अभाब हुदा यसको प्रत्यक्ष प्रभाब देसको अर्थतन्त्रमा पर्ने देखिछ ।

     

    बर्तमान अबस्थामा देसभर लक डाउनको प्रभाबका कारण परिबहनमा समस्या हुदा आवस्यक समयमा निर्धारित कोटाको रासायनिक मल सम्बन्धित छेत्र सम्म आइनपुग्दा देस भर कृसकहरु चिन्तित देखिएका छ्न ।

     

    मानव जीवन सग जोडिएको यश बिसय लाई स्थानिय तह हरुले ध्यान पुर्याउन नसक्दा बिगतमा झै बर्सेनि समस्या यथावत रहदै आएको पाइन्छ । स्थानिय सरकारले प्रदेस तथा केन्द्र सरकार सग यश गम्भीर बिसयमा ध्यान पुर्याउनु पर्ने अधिकाम्स कृषक हरुको भनाइ रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…