•  

     

     

     

    बिहिबार, चैत्र २७, २०७६

    काठमाडौं /कोरोना महामारी विश्वभर फैलिएको छ। यसबाट नेपाल पनि अछुतो छैन। तर कोरोनाकै कारण नेपालमा कसैको ज्यान गएको भने पुष्टि भएको छैन। संक्रमण पनि नियन्त्रणमै छ। ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् भने आठ जना आइसोलेसनमा छन्।

    तर विदेशमा रहेका नेपाली भने भाइरसबाट बढी प्रभावित भएका छन्। पछिल्लाे विवरणअनुसार नेपाल बाहिर ८ जना नेपालीको यसैका कारण ज्यान गुमाएका छन् भने विभिन्न देशमा गरी पाँच सय बढी संक्रमित छन्। अमेरिका, बेलायत, युएईमा गरी दश नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ।

    भाइरसका कारण अमेरिकामा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल का शेर्पा विगत १३ वर्षदेखि अमेरिका बस्दै आएका थिए।

    यसअघि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको पनि भाइरसकै कारण मृत्यु भएको थियो। पाँचथर कुम्मयाक गाँउपालिका ९ का ५० वर्षीय अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्दै आएका थिए।

    अमेरिकामा मात्रै चार सय भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएको बताइएको छ।

    त्यसैगरी पछिल्लो पटक बेलायतमा एकजना भूतपूर्व गोरखा सैनिकको मृत्यु भएको छ। भूपू गोरखा शिव श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो।

    सोलुखुम्बुकाका ५८ वर्षिया श्रेष्ठ गत हप्ता देखि आइसोलेसनमा बसेका थिए। बुधवार बिहान ३ बजे तिर स्वास्थ्यमा थप समस्या आए पछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए।

    उनीसहित वेलायतमा मात्रै पाँच नेपालीले ज्यान गुमाएका छन्। लण्डनस्थित नर्थविक पार्क अस्पतालमा मात्र ३ नेपालीको निधन भएको छ। ५९ वर्षीय भूपू गोरखा चेतप्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो।

    यसअघि बेलायतमा एक जना भूपू गोर्खा सैनिक लीलाबहादुर राईको ६६ वर्षको उमेरमा सोही अस्पतालमा कोरोनाको कारणले मृत्यु भएको थियो। यस्तै बुधवार दिउँसो छोरा बुहारी भेट्न वेलायत आएका एक ७७ वर्षिय बृद्धाको सोही अस्पतालमा कोरोनाकै कारणले मृत्यु भएको बुझिएको छ। उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

    यसअघि इष्टलण्डन बस्ने चितवनका प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो। त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा १० वर्षदेखि कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको मृत्यु भएको छ।pathivara daily बाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…