• काठमाडौं । को,रोनाको त्रासका कारण अहिले भारतमा पनि लकडाउन छ । बलिउडकर्मीहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन्। क्वारेन्टाइनको समयमा कोही स्केचमा व्यस्त छन् त कोही कविता लेखिरहेका छन् । क्वारेन्टाइनमा कलाकारहरु आफ्‍नो रुचि र शोख पूरा गरिरहेका छन् ।

    विवाहित जोडीले भने एक-अर्कालाई पर्याप्त समय दिन पाएका छन् । नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली अहिले ‘क्वालिटी समय बिताउन पाएको’ बताउँछन् । अनुष्काले भनेकी छिन्, ‘क्वारेन्टाइनमा बस्नाले हामीलाई अनेक तरिकाको प्रेम गर्ने अवसर दिएको छ ।’

    एक-अर्कालाई राम्रो समय दिन नपाएका उनीहरु लामो समयको लागि एकसाथ हुँदा निकै खुशी छन् । सामाजिक सञ्जालमा उनीहरुले हाल्ने तस्वीर तथा भिडियोहरुले पनि उनीहरुको प्रेम झल्काउँछ। उनीहरु गाउने, नाच्ने, पकाउने र खाने कुरामा नै व्यस्त छन् ।

    त्यस्तै, अर्को रोमान्टिक जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि क्वारेन्टाइन खुबै रमाइलो गरिरहेको बताउँछन् । रणवीर र दीपिकाले पनि आफ्नो हरेक दिनको क्रियाकलापहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् । उनीहरु पनि क्वारेन्टाइनको समय आफूहरुलाई माया गर्नको लागि उत्तम समय भएको बताएका छन् । अहिले दीपिका रणवीरको लागि विभिन्न परिकारहरु बनाएर खवाउनमा व्यस्त छिन् ।

    णवीर पनि आफूले जानेको परिकारहरु बनाएर दीपिकालाई खुवाइरहेका छन् । दुबै मिलेर घर सफा गर्नेदेखि हरेक क्रियाकलापहरु गरिरहेका छन् । उनीहरुको प्रेम साँच्चिकै लोभलाग्दो छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…