• चैत २८, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बढली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली रहि पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

     

    हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ‘अबको केसह दिनमा ६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने देखिन्छ,’ महाशाखाले भनेको छ, ‘मेघगर्जन र बादल विकसित हुने क्रम पश्चिमबाट पूर्वतिर सरिरहेको छ ।’

     

    भारतको उत्तरप्रदेशबाट नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकको मध्य भूभागसम्म असर गरेको छ । उक्त प्रणाली कास्की, पर्वत, लमजुङ, स्याङ्जा, तनहुँ हुँदै प्रदेश ३ को भूभागतिर आएको महाशाखाले उल्लेख गरेको छ ।

     

    चितवन, मकवानपुर, धादिङ, काठमाडौं, काभ्रे, ललितपुर, भक्तपुरका क्षेत्रमा ६२ किलोमिटर प्रतिघण्टा वा सोभन्दा उच्च गतिमा हावाहुरी र चट्याङसहित असिना पानीसमेत पर्न सक्ने महाशाखाले बताएको छ । प्रि–मनुसन (मनसुन अवधिअघि)का बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…