•  

     

    चैत २८, २०७६

    काठमाडौं – कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ।

    बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।

    यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ।

    जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.८२ प्रतिशत महँगिएको छ। बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…