•  

    चैत २८, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ९५ हजार बढीको मृत्यु भएको छ ।

    गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ९५ हजार ७ सय १४ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १६ लाख ३ हजारभन्दा बढी पुग्दा ३ लाख ५६ हजारभन्दा बढी निको भएका छन् ।

    चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

    पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विहिबार एकैदिन १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन् ।

    वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ । यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा मरिब ४ गुणाले बढी हो ।

    इटालीमा १ लाख ४३ हजार ६२६ कुल सङ्क्रमित भएका छन् भने १८ हजार २७९ को मृत्यु भएको छ । यसैबीच २८ हजार ४७० निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ५३ हजार २२२ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ४४७ को मृत्यु भएको छ । यसैबीच ५२ हजार १६५ निको भएर फर्किएका छन् ।

    फ्रान्समा एक लाख १७ हजार ७४९ कुल सङ्क्रमित भएका छन् भने १२ हजार २१० को मृत्यु भएको छ । यसैबीच २३ हजार २०६ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ६५ हजार ७७ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ९७८ को मृत्यु भएको छ । इरानमा ६६ हजार २२० कुल सङ्क्रमित भएका छन् भने ४ हजार ११० को मृत्यु भएको छ । यसैबीच ३२ हजार ३०९ निको भएर फर्किएका छन् ।

    चीनमा अहिलेसम्म ८१ हजार ८६५ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३३५ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ३७० निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख १८ हजार २३५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ६०७ को मृत्यु भएको छ । यसैबीच ५२ हजार ४०७ निको भएर फर्किएका छन् । बेल्जियममा २४ हजार ९८३ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच ५ हजार १६४ निको भएर फर्किएका छन् ।

    नेदरल्याण्डसमा अहिलेसम्म २१ हजार ७६२ जना संक्रमित भएका छन् भने २ हजार ३९६ जनाको मृत्यु भएको छ । ब्राजिलमा १८ हजार ९२ जना संक्रमित भएका छन् भने ९५० जनाको मृत्यु भएको छ । त्यस्तै १७३ जना ठिक भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…