• आइतबार देखि बिहिबार सम्म गरिएका कोरोना भाइरस परीक्षणमा कसैमा पनि संक्रमण नेदिखिएको सरकारले जनाएको छ।

    आइतबारदेखि बिहीबारसम्म कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको र ती सबै नेगेटिभ भएको पाइएको छ। गत शनिबारसम्म कुल १ हजार ४ सय ४१ जनाको थ्रोट स्वाब परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो। जसमध्ये एक जनालाई निको भइसकेको छ।

     

    शनिबार एकै दिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो। बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनै पनि परीक्षणमा संक्रमण नभेटिएको बताएका छन्। उनले बिहीबारसम्म कुल २ हजार ८ सय ९५ परीक्षण भइसकेको जानकारी दिए। जसमध्ये उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ।

     

    त्यसबाहेक बिहीबार थप १ सय ९३ परीक्षण भइरहेको उनले जानकारी दिए। उनले बिहीबार गरिएका परीक्षणसम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताए। त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए। प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले ¥यापिड टेस्ट किट पठाएको जानकारी दिए। यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल ७ हजार ९ सय ४० जना रहेको उनले बताए। प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यकाबाहिर ९९ जना गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…