• कानेपोखरी गाउँपालिकाललाई  डाक्टर सुनील  शर्माले प्रदान गर्नु भएको राहत वापतको ५ लाख रुपियाँको चेक लिन अस्विकार गरेको छ । १ बजे प्रदान गरिने भनेर पत्रकारलाई बोलाइएको राहत वितरण कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई र सुन्दरहरैंचाका नगर प्रमुख शिवप्रसाद ढकाल डेढ बजे बेलबारी नगरपालिकाको सभाहलमा पुग्नु भएको थियो । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी आफ्नै कार्यकक्षमा हुनुहुन्थ्यो ।

    बुधबार तीन वटा नगर र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र डाक्टर शर्मा बीच सहयोग सम्बन्धमा छलफल भएको थियो । छलफलमा पालिका प्रमुखहरू राहत प्राप्त गर्ने विषयमा सकारात्मक भएपछि बिहीबार सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम तय गरिएको डाक्टर सुनील शर्माले बताउनु भयो । बिहीबार पनि बेलबारी र पथरीशनिश्चरेका नगर प्रमुखले पटक पटक फोन गर्दा समेत कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्लेले नआउने सूचना दिनुभएपछि कार्यक्रम ३ घण्टा ढिलो गरी आयोजना गरिएको थियो ।

     

    यसैबिच, नेपाली कांग्रेसका महासमिति सदस्य एवं नोवेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डाक्टर सुनील शर्माले मोरङका तीन वटा नगरपालिकालाई नोवेल कोरोना भाइरस विरुद्ध लड्न नगरहरूले गठन गरेको राहत कोषमा ३० लाख ३६ हजार रुपियाँ सहयोग गर्नु भएको छ ।
    शर्माले बिहीबार बेलबारी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा वेलवारी नगरपालिकालाई ११ लाख ७५ हजार रुपियाँ ,सुन्दरहरैचा नगरपालिकालाई ८ लाख ७५ हजार र पथरीशनिश्चरे नगरपालिकालाई ९ लाख ८६ हजार रुपियाँ सहयोग गर्नु भएको हो । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकाल, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राईले शर्माको सहयोग चेक मार्फत जिम्मा लिनुभयो ।
    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै डाक्टर शर्माले आफ्ना हजुरबुबा पनि ३९ वर्षको उमेरमा विफरको महामारीबाट बित्नु भएको संस्मरण गर्दै महामारी विरुद्ध लड्न आफ्नो निर्वाचन क्षेत्रका सबै गाउँ तथा नगरपालिकालाई सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो – यो विपत्तिमा सबैले राजनीति भन्दा उठेर विपद्को सामना गरौं । बाँचियो भने चु्नाव चिन्हको राजनीति फेरि गरौंला । कोभिड(१९) कोरोना भाइरस साझा समस्या भएको बताउँदै डाक्टर शर्माले जापानले आक्रमण गर्दा चीनमा परस्पर बिरोधी दलहरू एक भएर जापानलाई पराजित गरेको बताउनु भयो । शर्माले कानेपोखरी गाउँपालिकाले त्यो भन्दा ठूलो बैरभाव प्रस्तुत गरेको उल्लेख गर्दै राजनीतिक दल फरक भएपनि विपत्तिको सामना गर्न दलको घेरा भित्रै खुम्चिएर असम्भव भएको बताउनु भयो । शर्माले देश युद्धमा हुँदा, प्राकृतिक विपत्तिमा हुँदा र महामारीमा हुँदा चुनाब चिन्ह बिर्सिनु पर्ने बताउनु भयो ।
    सुन्दरहरैचाका नगरप्रमुख शिवप्रसाद ढकालले कारोना भाइरसको संक्रमण फैलिन नदिन तीनै तहको सरकार, नागरिक समाज ,दल र सरोकारवाला सबै एक जुट हुनुको विकल्प नरहेको बताउनु भयो ।
    बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले विपद्को समयमा प्राप्त हुने सबै खाले सहयोग लिन नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो – महामारीको रंग हुन्न । त्यसैले साझा समस्याका रुपमा सामना गर्नुपर्छ । राहत हस्तान्तरणका अवसरमा प्रदेश सांसद शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौला लगायत कांग्रेस र नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…